×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सप्तरीको तिलाठी कोइलाडीको बस्ती निर्माणमा जनता बैंकले गर्यो १० लाख आर्थिक सहयोग

PRIME CA

सप्तरीको तिलाठी कोइलाडीको बस्ती निर्माणमा जनता बैंकले गर्यो १० लाख आर्थिक सहयोग

१० आश्विन २०७६, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – बि.संं. २०७४ साउनमा तराईमा बाढी तथा डुवानमा परी घरबार गुमाएका सप्तरीको तिलाठी कोइलाडीको मुसहर बस्तिमा ५२ घर तयार गरी हस्तान्तरण गरिएको छ ।
उक्त बस्ति निर्माणको लागि जनता बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट रु. १० लाख सहयोग हस्तान्तरण गरिएको छ । उक्त रकम बिहीबार बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँबर क्षेत्रीले नेपाल ब्रोडकास्टिङ च्यानल प्रालि (न्यूज २४) का महाप्रबन्धक सुधिर राजभण्डारीलाई हस्तान्तरण गरेका हुन् ।
उक्त मुसहर बस्तिका जनताहरुको आबास पुनःनिर्माणको लागि २०७४ साउन ३१ गते जनता बैंकमा ‘न्युज २४ टि.भि. जनता बैंक विपत्ती राहतकोष’ खाता संचालन गरिएको थियो ।
नेपाल सरकार, अर्थ मन्त्रालयको स्वीकृती लिई उक्त खातामा विभिन्न ब्यक्ती तथा संघ सस्थाबाट जम्मा भएको रकम करिब रु. २ करोड र अन्य सहयोग समेत गरी न्युज २४ को अगुवाईमा उक्त बस्तिमा करिब ३ करोडको लागतमा ५२ ओटा घर निर्माण गरी हस्तान्तरण गरिएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: