×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लोक सेवा दिने परीक्षार्थीले एनआईसी एशियामा दस्तुर बुझाउन सक्ने

PRIME CA
GLOBAL IME BANK

लोक सेवा दिने परीक्षार्थीले एनआईसी एशियामा दस्तुर बुझाउन सक्ने

३ आश्विन २०७६, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – एनआईसी एशिया बैंक लिमिटेड र लोक सेवा आयोगबीच लोक सेवा आयोगबाट संकलन हुने दरखास्त दस्तुर बापतको राजश्व एनआईसी एशिया बैंकमार्फत् संकलन गर्ने सम्झौता भएको छ ।
सो सम्झौता अनुसार लोकसेवा आयोगको परीक्षार्थीहरुले अबदेखि एनआईसी एशिया बैंकको देशभर रहेका २९८ कार्यालयहरु र ७० वटा एक्स्टेन्सन काउण्टरहरुबाट आफूलाई पायक पर्ने स्थानबाट परीक्षा दस्तुर बुझाउन सक्ने छन् ।
सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र लोक सेवा आयोगको तर्फबाट सहसचिव जानकीराम शर्मा बरालले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौतासँगै लोकसेवा आयोगको परीक्षाको तयारीमा रहेका परीक्षार्थीहरुलाई दस्तुर भुक्तानी प्रक्रिया सहज हुने बैंकल विश्वासे लिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: