×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२८ वटा वाणिज्य बैंकको खुद नाफा २५.१०% ले वृद्धि हुँदा कमाए ६५ अर्ब ४० करोड १३ लाख !

PRIME CA

२८ वटा वाणिज्य बैंकको खुद नाफा २५.१०% ले वृद्धि हुँदा कमाए ६५ अर्ब ४० करोड १३ लाख !

३ भाद्र २०७६, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । संचालनमा रहेका २८ वटै वाणिज्य बैंकले आर्थिक वर्ष २०७५/०७६ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छन् । यस अवधि सम्म आइपुग्दा बैंकहरुको खुद नाफा २५.१०% ले वृद्धि भएको छ । विवरण अनुसार बैंकहरुले कुल ६५ अर्ब ४० करोड १३ लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएका छन् ।अघिल्लो वर्षको सोही अवधिमा २८ बैंकहरुले ५२ अर्ब २७ करोड ८० लाख ४१ हजार रुपैयाँ मात्र खुद नाफा कमाएका थिए । 
असार मसान्त सम्ममा आईपुग्दा ३ बैंकको नाफा घटेको छ भने २५ बैंकको नाफा बढेको छ । यस अवधिमा  सबैभन्दा धेरै नाफा बढाउने बैंक एनआईसी एसिया बैंक रहेको छ । बैंकको नाफा १२८. ७३ प्रतिशतले बढेको हो भने नेपाल बैंकको सबैभन्दा धेरै नाफा घटेको छ । यस बैंकको नाफा १८.७७ प्रतिशतले गिरावट आएको हो ।  
यस्तै यस अवधिमा २२ वटा बैंकको रिजर्भ कोष बढेको छ भने ६ बैंकको घटेको छ । रिजर्भ कोष  पनि एनआइसी एसिया बैंकले नै बढाएको विवरणमा उल्लेख छ । रिजर्भ कोषमा यो बैंकले ४३.९५ प्रतिशतले वृद्धि गरेर ३ अर्ब ८८ करोड ४ लाख ६७ हजार रुपैयाँ जम्मा गर्न सफल भएको छ । यस्तै रिजर्भ कोष घट्ने पनि नेपाल बैंक नै रहेको छ । यस बैंकको १२.३९ प्रतिशतले रिजर्भ कोषमा गिरावट आएको छ ।
२८ वटा वाणिज्य बैंकमध्ये गत आर्थिक वर्षको चौथो त्रैमास सम्म  आइपुग्दा २० बैंकले चुक्ता पुँजी बढाएका छन् । सबैभन्दा धेरै पुँजी बढाउनेमा एनसीसी बैंक रहेको छ । यस बैंकको चुक्ता पुँजी ४९.९७ प्रतिशतले बढेर ७ अर्ब १ करोड ८५ लाख ८७ हजार रुपैयाँ पुगेको छ । यता सबैभन्दा धेरै चुक्ता पुँजी भने कृषि विकास बैंकको १४ अर्ब ४४ करोड ८२ लाख ४० हजार रुपैयाँ रहेको विवरणमा उल्लेख छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: