×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक हप्तापछि लयमा फर्कियो बजार, सूचक ७८ अंकले बढ्दा सबै सूचक हरियाली !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एक हप्तापछि लयमा फर्कियो बजार, सूचक ७८ अंकले बढ्दा सबै सूचक हरियाली !

Artha Sarokar

८ असार २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । एक हप्तापछि सेयर बजार लयमा फर्किएको छ । धितोपत्र बोर्डको विज्ञप्तिपछि गत मंगलबारपछि निरन्तर घटिरहेको बजार एक हप्तापछि लयमा फर्किएको हो । आज बजार ७८.७० अंकले बढेर २९१३.१० विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २२५ कम्पनीको १ करोड ९७ लाख ७० हजार ६३८ कित्ता सेयर खरिद बिक्री हुँदा १० अर्ब २८ करोडमाथिको कारोबार भएको छ ।
आज पनि सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको भएको छ । यस कम्पनीको १ अर्ब ४९ करोडमाथिको कारोबार भएको छ । आज पनि सबै समूह बढेका छन् । यस्तै आज सबैभन्दा अपि हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् भने गुर्खाज फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी