काठमाडौँ – आर्थिक वर्ष २०७६/७७ को सुरुवातसंगै माछापुच्छ्रे बैंक लि.ले ‘माछापुच्छ्रे स्मार्ट बचत खाता’ मा रु.१४ लाख १० हजार बराबरको बीमा सुविधा थप गरेको छ ।
बैंकले स्मार्ट बचत खाता खोल्ने ग्राहकहरुलाई १० लाख सम्मको दुर्घटना बीमाको साथमा १८ जटिल प्रकृतिका रोगहरुको उपचारमा ३ लाख तथा अस्पताल भर्नामा रु. १ लाखसम्मको उपचार खर्च प्रदान गर्नेछ भने वार्षिक रुपमा १० हजार सम्मको औषधी खर्च समेत उपलब्ध गराउने छ ।
१ बर्ष अगाडि बिमा सुविधा, औषधि उपचार खर्च, अस्पताल भर्ना लगायतका बिभिन्न विशेषताहरुको साथमा सुरु गरेको स्मार्ट बचत खाताप्रति ग्राहकहरुमा बढ्दै गएको आकर्षणलाई लक्षित गरी उक्त बचत खातामा विषेशताहरु थप गरेको हो । रु.५ हजार न्यूनतम मौज्दातमै खोल्न मिल्ने माछापुच्छ्रे बैंकको स्मार्ट बचत स्मार्ट बचत खाताको बीमा सुविधाअन्तर्गत विभिन्न समयमा ग्राहकहरुले बीमा रकम प्राप्त गरिसकेका छ्न । जस अन्र्तगत बैंकले हालसम्म ११५जना भन्दा बढी ग्राहकलाई बीमा रकम प्रदान गरिसकेको छ ।
बैंकले स्मार्ट बचत खोले बापत ग्राहकहरुलाई निःशुल्क इन्टरनेट बैंकिङ्ग, निःशुल्क एमबीएल मोबाईल मनी, निःशुल्क डिम्याट खाता, निःशुल्क मेरो शेयर सुविधा, निःशुल्क डेबिट/क्रेडिट कार्ड, निःशुल्क आश्वा सुविधा र निःशुल्क अन्तर शाखा कारोबार जस्ता स्मार्ट सुविधाहरु समेत प्रदान गर्दै आएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्