×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौँमा ठूलो हावाहुरी, हेर्नुहोस् यस्तो बेला के गर्नु हुँदैन? के गर्नुपर्छ? (जानकारीका लागि सेयर गरौं)

PRIME CA

काठमाडौँमा ठूलो हावाहुरी, हेर्नुहोस् यस्तो बेला के गर्नु हुँदैन? के गर्नुपर्छ? (जानकारीका लागि सेयर गरौं)

२४ जेष्ठ २०७६, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

कैलाली र कञ्चनपुरमा हावाहुरीका कारण ठूलो जनधनको क्षति भएको भोलिपल्ट काठमाडौँमा पनि हावा हुरीसहित पानी परेको छ । काठमाडौँमा हावाहुरीका कारण केहि स्थानमा पोलहरु ढलेको खबर छ । आज दिनभर मौसम खराब हुने अनुमान गरिएको छ । मौसमले जनजीवन प्रभावित बनाएको छ ।
१. यस्तो बेलामा साइकलमा यात्रा गर्नु हुँदैन ।
२. हावा हुरीका बेला अग्ला रुख, पोल भएको ठाउँमा बस्नु हुँदैन ।
३. यदी तपाईं सवारीमा हुनुहुन्छ भने खुल्ला ठाउँमा सवारी राख्नुपर्छ । यस्तो बेला मोटरसाइकलमा यात्रा गर्नु हुँदैन ।
४. छतमा गमला राख्नु यसै पनि ठिक काम होइन । अझ हावा हुरी आएका समयमा तिनीहरुलाई व्यवस्थापन गर्नुपर्छ ।
५. बिजुलीको ट्रान्समिटर अगाडी बस्नु हुँदैन । सकेसम्म हिटर बाल्नु हुँदैन ।
६. झ्याल ढोका राम्रोसँग बन्द गर्नुपर्छ ।
७. यस्तो बेला सकेसम्म मर्निङ्ग वाक ननिस्किएको राम्रो हुन्छ ।
८. आफन्तसँग सम्पर्कमा रहनुपर्छ । सम्भावित क्षतिका लागि तयारी गर्नुपर्छ । 
९. घर वरपर सफा राख्नुपर्छ । जस्तापाताबाट हुन सक्ने दुर्घटनासँग सचेत हुनुपर्छ । 
१०. सकेसम्म एक्लै यात्रा गर्नु हुँदैन ।

यो पनि पढ्नुहोस् :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: