
कपिलबस्तु । कपिलवस्तु बहुमुखी क्याम्पसमा बिएड तेस्रो बर्षको नेपाली बिषयको परिक्षा दिन जाँदा विभिन्न शिवराज नगरपालिकाकी उपप्रमुख शिव कुमारी थारुले सरकारी गाडीको दुरुपयोग गरेको भेटिएको छ । शिवराज नगरपालिकाको नेपाल आदर्श क्याम्पस शिवपुरमा अध्ययनरत उनले परिक्षा दिन आउने क्रममा शिवराज नगरपालिकाको बा २ झ ३७५९ नम्बरको गाडी प्रयोग गरेकी थिईन् । उनलाई विभिन्न सञ्चार माध्यमले ‘सेलिब्रिटी’को उपमा दिएका छन् ।

बिहान ६ः३० बजे सरकारी गाडीमा आएकी उनी अन्य दुई परिक्षार्थीसहित सोही गाडीमा सवा दश बजे परिक्षा हलबाट निस्किएर गाडी चढेर फर्किएकी हुन । सञ्चारकर्मीलाई सरकारी गाडी दुरुपयोग बारे प्रतिक्रिया दिदै उपप्रमुख थारुले परिक्षा दिनका लागि गाडी लिएर आएको तर सवारीको दुरुपयोग नगरेको बताईन् । नेकपामा राम्रो प्रभाव बनाएकी उपप्रमुख थारु प्रधानमन्त्री केपी शर्मा ओलीको हालैको बिदेश भ्रमण गर्ने टोलीमा समेत परेकी थिईन् ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्