काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले संसदमा बजेट प्रस्तु गरिरहेका छन् । यसैक्रममा उनले पेय पदार्थको मापदण्ड बनाउने र कम मापदण्डका पेय पदार्थ आयातमा रोक लगाउने समेत बताएका छन्।यसले पटक पटक लेदो भेटिने प्रान लिची जुस लगायतलाई समस्या पर्ने भएको छ । सरकारले यसअघिनै आयात नियन्त्रण गर्ने गरि वस्तु तथा सेवाको सूची समेत बनाइसकेको छ।
यो पनि पढ्नुहोस्
छि ! यस्तो पनि खानु ! प्रान कम्पनीको लिची जुसभित्र भेटियो ढलजस्तो लेदो !
प्रानको कर्तुत : लिच्ची जुस होइन, लास नकुहाउन प्रयोग हुने केमिकलको झोल पिउँदै हुनुहुन्छ तपाईं ! (भिडियोसहित)
यस्तै उनले स्वदेशी कपडा उद्योगमा उठ्ने विजुली महशुलमा ५० प्रतिशत छुट दिएका छन् । साथै यस्ता उद्योगीले ५ प्रतिशत ब्याजदरमा ऋण पाउने व्यवस्था गरिएको छ । औद्योगीक विकासको लागि २ अर्ब ८७ करोड बजेट विनियोजन रहेको छ ।
यस्तै उनले अतिक्रमणमा परेका सबै सरकारी जग्गालाई राज्यले नियन्त्रण गर्ने बताएका छन् ।सरकारले लिज कानून पनि निर्माण गर्ने भएको छ। आगामी दुई वर्षमा सबै जग्गाको नक्सा विद्युतीय प्रणालीमा रहने भएको छ ।
यस्तै वृद्धभत्ता बढाइएकोसमेत उनले घोषणा गरेका छन् । सरकारले बृद्धभत्ता ३ हजार पुर्याएको छ । सरकारले एक हजार रुपैयाँले बृद्धभत्ता बढाएर ३ हजार पुर्याएको हो ।७० वर्ष उमेर पुगेका व्यक्तिले बृद्धभत्ता पाउने छन् । यसअघि ७० वर्षमाथिका वृद्धवृद्धाले मासिक २ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता पाउँदै आएका थिए ।
तर वृद्धभत्ता १ हजार रुपैयाँले बढाएर ३ हजार रुपैयाँ पुर्याउँदा राज्यलाई मासिक १ अर्ब ३० करोड तथा वार्षिक १५ अर्ब ६० करोड रुपैयाँ थप व्ययभार पर्ने देखिएपछि प्रतिपक्षीले भने सदनमै आफु छक्क परेको खानेखुसी गरिरहेका छन् ।
साथै अर्थमन्त्री खतिवडाले अव सार्वजनिक गाडीमा चुरोट पिए जरिवाना हुने र, ८३ हजार युवालाई सरकारले सित्तैमा सिपमूलक तालिम दिनेसमेत बताएका छन् । यस्तै सरकारले स्कुल पढ्ने बालबालिकालाई खाजा खर्चका लागि ५ अर्ब रुपैयाँ बजेट छुट्याएको उनले जानकारी दिएका छन् ।
बजेट भाषण अर्थ सरोकार डटकममा लाइभ प्रशारण भइरहेको छ ।