×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रानको कर्तुत : लिच्ची जुस होइन, लास नकुहाउन प्रयोग हुने केमिकलको झोल पिउँदै हुनुहुन्छ तपाईं ! (भिडियोसहित)

PRIME CA

प्रानको कर्तुत : लिच्ची जुस होइन, लास नकुहाउन प्रयोग हुने केमिकलको झोल पिउँदै हुनुहुन्छ तपाईं ! (भिडियोसहित)

१८ पुष २०७४, मंगलवार

पढ्न लाग्ने समय: < २ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- नेपाली बजारमा पछिल्लो समय निकैनै बजार तताईरहेको एउटा प्रोडक्ट हो, ‘प्रान जुस’ । पछिल्लो समय धेरैले प्रयोग गर्ने गरेको यो जुस तपाईंपनि पिउनुहुन्छ वा तपाईंका बच्चाहरुले पनि पिउँछन् भने होस् गर्नुहोस्,’प्रान जुसमा अख्याद्य केमिकल ‘फर्मालिन’ प्रयोग हुने गरेको खुलासा भएको छ । बंगलादेशबाट प्रशारण हुने टेलिभिजन इटीभीले केही महिनाअघि प्रशारण गरेको रिपोर्टमा यस्तो खुलासा भएको हो । प्रान कम्पनीका जुसहरुको उत्पादन र ती उत्पादनका गुणस्तरबारे प्रशारित रिपोर्टमा प्रान जुसमा अख्याद फर्मालिन लगायत अन्य अखाद्य केमिकलहरुसमेत प्रयोग हुने खुलासा भएको छ । त्यहि कम्पनीले उत्पादन गरेको प्रान जुस अहिले नेपालमा चर्चित छ ।

नेपाल अखाद्य बस्तु बेच्ने डष्टबिन बन्दै 
‘यसो त नेपालमा पैसा र पावर भएपछि कानुन त खल्तीमा हुन्छ’ भन्ने व्यापारीहरुको संख्या ठुलो छ । केहि दिनअगाडी गुणस्तर विभागले छापा मार्दा अखाद्य प्रमाणित भएको ब्यन्जन ब्राण्डको तेलले केहि दिन पछाडी नै गुणस्तरचिन्ह प्राप्त गर्ने मुलुक हो नेपाल ।  अखाद्य प्रमाणित भएको फेमिली तेल र सनफ्लो तेलका प्रचार टेलिभिजनहरुमा हरेक समाचारमा प्रशारित हुने र खुल्लम खुल्ला विक्री वितरण हुने देश हो नेपाल । नेपालको यहि कमजोर कानुनको फाइदा उठाएर उद्योग विभागसँगको मिलेमतोमा अखाद्य प्रान जुस नेपालमा विक्री वितरण भइरहेको छ ।  तर यसरि खुल्लमखुल्ला जनस्वास्थ्यमाथि खेलबाड हुँदा पनि नेपालमा कसैले बोल्ने गरेको छैन । बंगलादेशमा उक्त टेलिभिजन रिपोर्ट प्रशारण भएपछी प्रान जुसको व्यापार स्वात्तै घटेको छ । अव आफ्नो देशमा बिक्रि नभएपछी गर्नु के ? नेपालमा कानुनको फितलो अभ्यासको फाइदा उठाउँदै कम्पनीले नेपालीहरुको स्वास्थ्यमाथि खेलबाड गरिरहेको छ ।    


यो पनि पढ्नुहोस् 

तपाईंले लिची जुस भनेर खानी झोल लिचीको जुस नै होइन !
अझ अचम्मको कुरा त के छ भने बजारमा लिची जुस भनेर पीइने प्रान जुस लिचीको जुस् नै नभएको खुलासा भएको छ । प्रान कम्पनीले चिनीमा पानी घोलेर लास नाकुहियोस् भनी प्रयोग हुने फर्मालिन लगायतका अखाद्य केमिकलहरु प्रयोग गरेर यो जुस नेपालमा पठाईरहेको छ । अझ अचम्मको कुरा त के छ भने यो जुस नेपालमा जांचसमेत नगरी बजारमा पठाइएको छ । प्रानले जुसमा १० प्रतिशत पल्प अर्थात लिच्चीको दाना माथिको सेतो भाग हुने दावी गरेको छ । तर त्यसको प्रमाणीकरण कुनै पनि निकायले गरेको छैन भने नेपालमा रहेका खाद्य प्राविधिकहरुले प्रान जुसमा त्यस्तो पदार्थ नरहेको बताईरहेका छन् । 
‘तपाईंले प्रान जुस ल्याएर ग्लासमा हाल्नुहोस् अनि कुनै नेपाली कम्पनीको लिच्ची जुस ल्याएर अर्को ग्लासमा हाल्नुहोस् । पल्प हालिएको जूस पानीजस्तो सङ्लो हुँदै हुँदैन । तर प्रान पानी जस्तै संग्लो हुन्छ । पाल्पले जुसलाई पानीजस्तो संग्लो देखाउन दिंदैन । यो जुसमा चीनी, पानी, लिच्चीको स्वाद आउने केमिकल र लासमा प्रयोग हुने फर्मालिन प्रयोग भएको हुन्छ ।’ एक प्राविधिकले अर्थ सरोकार डटकमसँग भने ।

उद्योग विभागकै कर्मचारीको गुनासो, ‘थाहा भएर पनि केहि गर्न नसकिने अवस्था छ’
यता हामीले यसबारे बुझ्न उद्योग विभागमा सम्पर्क गरेका थियौं । हामीले प्रान जुसमा अखाद्य फर्मालिन प्रयोग हुने गरेकोबारे सोध्दा त्यहाँका कर्मचारीले हालसम्म त्यस्तो उजुरी नपरेको र उजुरी परेको खण्डमा अनुसन्धान हुने बताएका छन् । ‘कुरा त हामीले पनि सुनेका हौँ । तर उजुरी परेको छैन । उजुरी परे कारवाही हुन्छ ।’ आफ्नो नाम उल्लेख नगर्ने सर्तमा ती कर्मचारीले अर्थ सरोकारसँग भने, ‘तपाईं जस्तै हामी पनि त्यस्तै हो सर ! हाकिमहरुसँग कुरा मिलिसक्या होला, हामीले के बोल्ने ?’     

`); var fisrc = $c.find('img:first').attr('src'); $('.entry-content img[src="' + fisrc + '"]').hide();
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: