×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रियल टाइममा नै खाता खोल्न मिल्ने गरी माछापुच्छ्रे बैंकले गर्यो थप १४ शाखा रहित बैंकिङ्ग सेवा सुरु

PRIME CA

रियल टाइममा नै खाता खोल्न मिल्ने गरी माछापुच्छ्रे बैंकले गर्यो थप १४ शाखा रहित बैंकिङ्ग सेवा सुरु

२० बैशाख २०७६, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – माछापुच्छ्रे बैंकले प्रदेश १ को झापा र मोरङमा १४ वटा शाखा रहित बैंकिङ सेवा एकैपटक संचालनमा ल्याएको छ । बैंकले झापाका १३ स्थान र मोरङको लेटाङमा १ गरी कुल १४ वटा स्थानमा शाखा रहित बैंकिङ सेवाको औपचारिक सुरुवात गरेको हो । ग्राहक सेवा केन्द्रको रुपमा संचालित उत शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भुक्तानी साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ ।
बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ । हालसम्म बैंकले १ सय वटा वटा शाखा, ९७ शाखा रहित बंैकिङ सेवा, १ सय २१ वटा एटीएम ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ सुबिधा प्रदान गर्दै आईरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: