×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एचडिएसडि एसोसिएट्सको सेवा अव आफ्नै प्रदेशमा, पहिलो चरणमा सुदुरपश्चिम शाखा उद्घाटन

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

एचडिएसडि एसोसिएट्सको सेवा अव आफ्नै प्रदेशमा, पहिलो चरणमा सुदुरपश्चिम शाखा उद्घाटन

Artha Sarokar

४ फाल्गुन २०७५, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • सुदुरपश्चिम प्रदेश ब्यूरो / अर्थ सरोकार डटकम 
धनगढी – केहि समय अगाडीमात्र थप फरक र ‘एग्रेसिभ’ रुपमा अगाडी बढ्ने योजनासहित बजारमा आएको सिए फर्म एचडिएसडि एसोसिएट्स, चार्टड एकाउन्टेन्ट्सले आफ्नो सेवा सुदुरपश्चिम प्रदेशमा समेत विस्तार गरेको छ । शनिबार एक कार्यक्रमका बीच एचडीएसडीको सुदुरपश्चिम शाखा उद्घाटन गरिएको हो ।  सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले उद्घाटन गरेको उक्त सिए फर्मको उद्घाटन कार्यक्रममा उक्त सिए फर्मका सबै पार्टनरकोसमेत उपस्थिति थियो ।

यसो त यस्तो प्रयास नेपाली सिए क्षेत्रमै पनि नौलो प्रयोग हो । मुलुक प्रादेशिक ढाँचामा गएको अवस्थामा त्यसलाई ‘इनक्यास’ गर्ने र प्रादेशिक रुपमा रहेका विभिन्न उद्योग, र व्यवसायीमाझ आफ्नो सेवा विस्तार गर्न फर्मले सुदुरपश्चिमको शाखा खोलेको हो ।

साथै उक्त सिए फर्मले देशैभरी शाखा विस्तार गर्ने लक्ष्य राखेको चार्टड एकाउन्टेन्ट दीपक पाण्डेले बताएका छन् । उक्त सिए फर्ममा हेम काफ्ले, दीपक बोहोरा, सागर बगाले र दीपक पाण्डे मुख्य सञ्चालक छन् । खुलेको केहि समयभित्रै उक्त सिए फर्मले आफ्नो सेवा धनगढीमा पनि विस्तार गरेको हो । उक्त सिए फर्मले धनगढीमासमेत आफ्नो सेवा विस्तार गरेपछि अव धनगढीका सेवाग्राहीहरुलाई थप सजिलो हुने विश्वास फर्मले लिएको छ । सुदुरपश्चिम प्रदेशको धनगढी लगायतका आशपासका ठाउँहरुलाई ‘इमर्जिङ बिजनेश मार्केट’का रुपमा हेरिएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी