काठमाडौँ – राष्ट्रिय वाणिज्य बैंकले नुवाकोट र धादिङ जिल्लाका दृष्टि सम्बन्धि अपाङ्गता भएका बालबालिकाहरुका लागि मैत्री समाज नेपालले नुवाकोटको तुप्चेमा आयोजना गरेको विशेष किसिमको खेल सो– डाउन टेबल टेनिस ट्रेनिङ क्याम्पमा स्वयमसेवक परिचालन, आवाश तथा यातायात सहयोग, पुरस्कार र विभिन्न तालिम सामाग्रीको लागि आवश्यक सहयोग गरेको छ ।
आँखामा ब्लाइन्ड फोल्ड नामक पट्टि लगाई विशेष किसिमले डिजाइन गरि तयार गरिएको टेबल टेनिस बोर्डमा हातमा ग्लोब्स लगाएर विशेष खालको आवाज आउने साउन्ड बललाई पेडलले हिर्काएर बोर्डमा गुडाई दुई व्यक्ति बिच शुरुमा सबै सहभागीहरुलाई प्रशिक्षक प्रकाश खड्का र उनको सहयोगी प्रतीक ढकालद्घारा तालिम अभ्यास गराईएको थियो ।
उक्त अवधिभरको अन्तिम २ दिन श्री चण्डेश्वरी मा.वि, तुप्चे, नुवाकोट र जनजाग्रिति मा.वि, महादेववेशी, धादिङका सहभागी विद्यार्थीबीच मैत्रीपूर्ण प्रतिस्पर्धा गराई एक जना छात्र, एक जना छात्रालाई नगद उपहार र सबै सहभागिहरुलाई प्रमाणपत्र समेत उपलब्ध गराइएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्