Skip to content
LAXMI SUNRISE BANK

सरकारको सार्वजनिक ऋण ३० खर्ब नाघ्यो, यो वर्ष थप साढे ६ खर्ब ऋण लिने लक्ष्य !

अर्थ सरोकार

काठमाडौँ । सार्वजनिक ऋण ३० खर्ब रुपैयाँ नाघेको छ । चालु आर्थिक वर्ष २०८३/८४ को असोज मसान्तसम्म सरकारको कुल सार्वजनिक ऋण ३० खर्ब ९ खर्ब ११ करोड ६६ लाख रुपैयाँ पुगेको हो ।

यसअघि चालु आर्थिक वर्षको सुरुवातमा सरकारको कुल सार्वजनिक ऋण २९ खर्ब ८१ अर्ब ७० करोड २८ लाख रुपैयाँ थियो । त्यसयता (३ महिनामा) १ खर्ब २३ अर्ब ३२ करोड ५८ लाख रुपैयाँ ऋण लिएको छ । 

सरकारको कुल सार्वजनिक ऋणमध्ये वैदेशिक ऋणको हिस्सा ५३.१३ प्रतिशत (१५ खर्ब ९८ अर्ब ८० करोड ५७ लाख रुपैयाँ) र आन्तरिक ऋणको हिस्सा ४६.८७ प्रतिशत (१४ खर्ब १० अर्ब ३१ करोड ९ लाख रुपैयाँ) छ ।

सोही अवधिमा सरकारले कुल ७७ अर्ब ७४ करोड ७८ लाख रुपैयाँ बराबर साँवा भुक्तानी गरेको छ । 

यता सरकारले चालु आर्थिक वर्षमा कुल ६ खर्ब ५८ अर्ब २८ करोड ७ लाख रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ भने असोज मसान्तसम्म १ खर्ब २३ अर्ब ३२ करोड ५८ लाख रुपैयाँ ऋण प्राप्त गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK