×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रियल टाइममा नै खाता खोल्न मिल्ने गरी माछापुच्छ्रे बैंकले गर्यो थप ८ शाखा रहित बैंकिङ्ग सेवा सुरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

रियल टाइममा नै खाता खोल्न मिल्ने गरी माछापुच्छ्रे बैंकले गर्यो थप ८ शाखा रहित बैंकिङ्ग सेवा सुरु

२२ पुष २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – माछापुच्छ्रे बैंक लिमिटेडले खोटाङ्ग, भोजपुर र डडेलधुरा मा ८ शाखा रहित बैंकिङ्ग सेवा एकैपटक संचालनमा ल्याएको छ । बैंकले खोटाङ्गमा पर्ने हलेसी तुबचुङ्ग नगरपालिकाको अर्खौले र राजापानीमा २ शाखा रहित बंैकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । त्यससँगै डडेलधुरामा पर्ने वागेश्वर गाँउपालिको रुपाल र गन्यापधुरा गाँउपालिको बदलमा २ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यसका साथै भोजपुरमा पर्ने ट्याम्के मैयुङ् गाँउपालिको कोट र पाँचधारे, सदानन्द नगरपालिको साङ्पाङ् र पौवाडुङ्मा गाउँपालिकाको च्याङ्रेमा पनि ४ शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैकिङ्ग पहुँचदेखि टाढा रहेका ग्रामीण भेगमा बैंकले आफ्ना ग्राहक सेवा केन्द«हरु मार्फत अत्याधुनिक बैकिङ्ग सेवा पु¥याइरहेको छ ।
यो सहित माछापुच्छ्रे बैंक लिमिटेडको हालसम्म ५२ शाखा रहित बैंकिङ्ग सेवा सुचारु भईसकेको बैंकले जनाएको छ । ग्राहक सेवा केन्द्रको रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भुक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ । 
बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८८ वटा शाखाहरु, २ एक्सटेन्सन काउण्टर लगायत ५२ शाखा रहित बैकिङ्ग सेवा गरी जम्मा १४२ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर ११० वटा एटीएमहरु सञ्चालनमा रहेको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी