काठमाडौँ – श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले ३ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । कम्पनीले मसिंर २६ गते बुढानिलकण्ठ–८, हात्तीगौडामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याइएको छ भने मसिंर २४ गते सल्यान जिल्लाको शारदा नगरपालिका–१, श्रीनगर तथा २६ गते बुधवार रुकुम (पश्चिम) जिल्लाको मुसिकोट नगरपालिका–४, सोलावाङ्गमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।
हाल संस्थाले देशभरीका विभिन्न ११ स्थानबाट आफ्ना ग्राहकवर्गहरुलाई बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ । निकट भविष्यमा काठमाडौं उपत्यका भित्रका अन्य २ स्थानमा समेत शाखा कार्यालय स्थापनाको तयारी भइरहेको बैंकले जनाएको छ ।