काठमाडौँ – नेपाल बैंक लि.ले गण्डकी प्रदेशको नवलपुुर जिल्ला स्थित आरुंगखोला बजारमा शाखा पुनस्थापना गरेको छ । पुनस्थापित शाखामा एक विशेष समारोहका बीच गण्डकी प्रदेशका सांसद जनकलाल श्रेष्ठ र नेपाल बैक लिमिटेडका सहायक कार्यकारी अधिकृत श्याम सुन्दर कंडेलले संयुक्त रुपमा कारोवार शुभारम्भ गरे ।
उक्त समारोहमा बोल्दै, उद्योग वाणिज्य संघ मध्यविन्दु नगरपालिकाका अध्यक्ष केदार प्रसाद पराजुलीले पुनस्थापित बैक शाखाबाट कृषि, पशुपालन र साना तथा मझौला उद्योगमा लगानी हुने अपेक्षा गरे भने शाखा प्रवन्धक संस्कृति प्रधानले उक्त शाखाले स्थानीय समुदायबाट भरपुर सहयोगको अपेक्षा व्यक्त गरे ।