Skip to content
LAXMI SUNRISE BANK

टिप्स : बीमा गर्दा यी १२ कुरा ख्याल गर्नुहोस् है, सुरुमै आफैं सचेत भएपछि भविष्यमा हुँदैन ‘नानाथरी’ टेन्सन !

अर्थ सरोकार

  • रेखा चन्द / अर्थ सरोकार डटकम 
काठमाडौँ – बीमा गर्नु सार्है राम्रो कुरा हो । यसमा कुनै शंका छैन । तर बीमाको बिजनेश गर्ने नाममा केहि अभिकर्ताहरुले भए नभएको गफ लगाएर ग्राहकहरुलाई पोलिसी भिडाइरहेकोसमेत गुनासो आउने क्रम बढेको छ । भन्दा एउटा कुरा गर्ने र हुँदा अर्को कुरा भएर हैरानी भएका केहि ग्राहकहरु पनि छन् । त्यसैले, बीमा गर्नुअघि र बीमा गरिसकेपछिको हकमा पनि बीमितले समय-समयमा बीमा गरेको कम्पानीको बारेमा जानकारी लिईरहनुपर्दछ । यति मात्र होइन बीमा सम्बन्धि यी तथ्यहरु जानिराखे सबैलाई फाइदा नै हुन्छ । 
१. बीमा कम्पनी प्राय: सबै राम्रा छन् । तर कम्पनी नै पिच्छे केहि गलत प्रवृति हावी भएका अभिकर्ताहरुले बजारलाई विकृत बनाइरहेका छन् । तर अरुको पोलिसी आफ्नो भनेर बेच्ने, नेपालमा इजाजतप्राप्त संस्था बाहेक अन्य संस्थामा बीमा गरिदिन्छु भन्ने विकृति पनि बजारमा छ । विशेषगरी भारतीय कम्पनीबाट बीमा गर्ने भन्दै मान्छे ठगी हुने क्रम पनि पूर्ण रुपमा रोकिएको छैन । 
२ के कति आवश्यकताले बीमा गर्न खोजिएको हो र बीमा गरिसकेपछि सो उदेश्य पूरा हुन्छ कि हुँदैन भनेर बिस्लेषण गरी सो बारेमा प्रष्ट हुनुपर्दछ । 
३. बीमा गर्ने भईसकेपछि त्यसका लागि तिर्ने बीमा शुल्क वा प्रिमियम भुक्तानीका लागि आम्दानीको श्रोत निर्धारण गर्नुपर्छ । यसको राम्रो हिसाव किताव सुरुमै गर्नुपर्छ । सुरुमा लहै लहैमा बीमा गर्ने अनि त्यसपछि प्रिमियम तिर्न नै समस्या हुने पनि धेरैको तनावको विषय बन्दै गएको छ । यस विषयमा पनि सबैजना सचेत हुन आवश्यक छ। 
४. बीमा अभिकर्ता बीमा समितिबाट आधिकारिक रुपमा इजाजत प्राप्त गरेको हो कि होइन थाहा पाउनुपर्छ । अभिकर्तासँग समितिले दिने लाइसेन्स माग्न पाउने अधिकार तपाईंसँग छ । बीमा अभिकर्ताले बीमा गराउने, बीमा शुल्क भुकतानी गरिदिने गरिदिने र बीमा गरेको रकम फिर्ता लिन सहयोग गर्ने जस्ता काम गर्छन् । तर यस्तो काममा चिनेका अभिकर्तालाई हातमा लिंदा रिस्क कम हुन्छ । 
५. बीमा गरिसकेपछि बीमलेखमा उल्लेखित सम्पूर्ण विवरण, सर्त, सुविधा र अन्य प्रावधानहरु पढ्नुपर्छ । यदि त्यहाँ उल्लेखित कुरा आफुले चाहेको जस्तो होइन रहेछ वा छैन रहेछ भने तुरुन्त यस विषयमा अभिकर्तालाई जानकारी गराउनुपर्छ ।
६. बीमा गरिसकेपछि परिवारका सदस्यलाई जानकारी दिनुपर्दछ । कम्तिमा आफुले इच्छाएको व्यक्तिलाई पनि जानकारी गराउनुपर्दछ । 
७. बीमालेख ‘रिन्यू’ गर्ने मिति ख्याल गरी ठिक समयमा नै बीमा शुल्क बुझाउनुपर्छ ।
८.बीमा शुल्क भुक्तानी गरिसकेपछि नगद बुझाएको रसिद पनि सुरक्षित राख्नुपर्छ ।
१०. बीमा सम्बन्धि सम्पूर्ण कागजातहरू आगो, पानी र बालबालिकाले नभेट्ने ठाउँमा राख्ने गर्नुपर्छ । बीमालेख, नगद बुझाएको रसिद, फाइलमा जतन गरेर राख्नु पर्दछ । यस्ता कागजात हराउनु हुँदैन । यदि हराएमा पछि अर्को झन्झट व्यहोर्नुपर्ने हुन्छ ।
११. बीमा कम्पनीका नीति नियमहरुबारे अपडेट हुनुपर्छ । यसले धेरै कुराहरुमा थप अपडेट हुन मद्धत पुर्याउँछ।
१२. धेरै शाखा सञ्जाल भएको बैंकमार्फत बीमा शुल्क बुझाउन सकिने, बीमा अभिकर्ता नै बीमा शुल्क संकलन गर्न आउने कम्पनीमा बीमा गर्नु राम्रो हुन्छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

GARIMA BIKAS BANK