काठमाडौँ – समय सापेक्षिकरुपमा नयाँ जीवन बीमा योजना जन समक्ष प्रस्तुत गर्ने कम्पनीको प्रतिवद्धता अनुसार देशको सामाजिक तथा आर्थिक स्थितिको अध्ययन गरी यस कम्पनीका प्रबिधिक तथा व्यवस्थापन समुह र जीवन बीमा व्यवसाय सम्बन्धमा विशेष योग्यता प्राप्त दक्ष वीमाङ्कीको समुहबाट विभिन्न पेशा र व्यवसायमा संलग्न व्यक्तिहरुलाई लक्षित गरी यो नविनतम सानिमा दम्पती (सावधिक) जीवन बीमा योजना तर्जुमा गरीएको छ । यस योजनामा एउटै वीमा लेखमा श्रीमान तथा श्रीमतीलाई जीवन वीमा प्रदान गरिने छ । कम्पनीले आर्जन गरेको मुनाफामा सरिक भई आर्थिक सुरक्षा तथा वचत गर्न पाईने हुँदा जीवन बीमाको क्षेत्रमा उत्तम योजना सावित भएको छ ।
क. न्युनतम वीमाङ्क रु.५०,००० /-
ख. अधिक्तम वीमाङ्क (असिमित)
ग. जीवन वीमाको लागी न्युनतम प्रवेश उमेर २१ बर्ष
घ. अधिक्तम प्रवेश उमेर ५० बर्ष
ङ. न्युनतम वीमा अवधि १५ बर्ष
च. अधिक्तम वीमा अवधि ३० बर्ष
छ. अधिक्तम वीमा समाप्ती उमेर ७० बर्ष
वीमाङ्क रकम भुक्तानी दिने अवस्था
क.वीमा समाप्ती मितिमा दुवै वा कुनै एक दम्पती जीवीत रहेमा वीमाङ्क र पुरा अवधिको वोनस एक मुष्ट
प्रदान गरिने छ ।
ख. वीमा अवधि भित्र वीमा लेख चालुरहेको अवस्थामा वीमीत दम्पती मध्य कुनै एकको मृत्यु भएमा वीमाङ्क
र रकम भुक्तानी गरिने छ ।
ग. वीमा लेख चालु रहेको अवस्थामा वीमीत दम्पती मध्य बाँकी जीवीत बीमितको मृत्यु भएमा वीमाङ्क
समानुपातिक आर्जित वोनस एक मुष्ट भुक्तानी गरिने छ ।
सामान्य र्शत तथा सुविधा
यस सानिमा दम्पती जीवन बीमा योजना अन्र्तगत जीवन बीमा गरी न्यूनतम २ बर्षको बीमा शुल्क भुक्तानी पश्चात बीमा लेख चुक्ता बीमा लेखको लागि योग्य हुने छ । त्यस्तो बीमा लेख बाट बीमितले चाहेमा समर्पण मूल्य प्रात्त गर्न सकिने छ । बीमा समिति बाट स्वीकृति विधि प्रयोग गरी वैज्ञानिक तरिकाले समर्पण मुल्य निधारण गरिने छ र बीमा लेखको धितोमा समर्पण मुल्यको ९०५ सम्म कर्जा प्राप्त गर्न सकिने छ ।
ऐक्षिक सुविधा
वीमीतले यस वीमा योजनामा थप वीमा शुल्क तिरी पुरक करारको रुपमा दुर्घटना मृत्यु लाभ (ADB) अपाङ्ग र अशक्त (PTD / PWD ) सुविधा लिन सकिनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्