×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तेस्रो त्रैमासको नाफामा कामना सेवा विकास बैंकले मार्यो १७२% को छलाङ, अन्य सूचकहरुमा पनि आकर्षक सुधार !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

तेस्रो त्रैमासको नाफामा कामना सेवा विकास बैंकले मार्यो १७२% को छलाङ, अन्य सूचकहरुमा पनि आकर्षक सुधार !

Artha Sarokar

५ बैशाख २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासमा कामना सेवा विकास बैंकको खुद नाफा बढेको छ । बैंकले ५८ करोड ६१ लाख रुपैयाँ कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो । जुन गत वर्षको तुलनामा यो नाफा १७२% ले बढी हो । गत वर्ष बैंकले २१ करोड ५४ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
वित्तीय विवरण अनुसार बैंकले ३९ अर्ब २४ करोड रुपैयाँ निक्षेप संकलन गरी ३६ अर्ब ५५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ भने खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि क्रमशः २५.७३% र ९५.०८% ले बढेको छ । 
हाल यसको चुक्ता पूँजी २ अर्ब ६५ करोड १९ लाख ९५ हजार रुपैयाँ रहेको छ । यस्तै जगेडा कोषमा ७७ करोड ६८ लाख रुपैयाँ छ भने प्रतिसेयर आम्दानी बढेर २९ रुपैयाँ ४७ पैसा,  प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ३५ पैसा रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी