
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले मध्यपुर थिमि बालकुमारीमा बिस्का जात्राको दिन बिहीबार बालकुमारी, विष्णुवीर, सिद्धिकाली, प्रथम गणेशलगायत खटको जात्रा गरिएकोदेखि म्याग्दीको एक फर्निचर उद्योगमा लागेको आगो निभाउँदै गरेका स्थानीयवासीसम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
मध्यपुर थिमि बालकुमारीमा बिस्काः जात्राको दिन बिहीबार बालकुमारी, विष्णुवीर, सिद्धिकाली, प्रथम गणेशलगायत खटको जात्रा गरिँदै । जात्रामा जात्रालुहरु एक आपसमा अवीर छ्यापेर जात्रामा सहभागी हुन्छन् । यो जात्रा सिन्दुर जात्राको नामले समेत प्रख्यात छ ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ स्थित कमनाथमा रहेको पाखापानी फर्निचर उद्योगमा बिहीबार बिहान लागेको आगो निभाउँदै स्थानीय र प्रहरीको टोली । आगलागीबाट चार लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

दाङको तुलसीपुरस्थित जेष्ठ नागरिकलाई लत्ताकपडा, खाद्यान्न सहयोग गर्दै युवा । नयाँ वर्षको अवसरमा युवाहरुले उक्त सामग्री सहयोग गरेका हुन् ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–९ स्थित प्रसिद्ध ढोरबाराही मन्दिर दर्शनका लागि भक्तजनको भीड । विभिन्न जिल्लाबाट मन्दिर दर्शनका लागि भक्तजन आउने गर्दछन् ।

तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित भानुभक्त प्राणी उद्यानमा चरा अवलोकन गर्दै समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, प्रमुख जिल्ला अधिकारी सागर आचार्यलगायत । त्यसक्रममा १६ प्रजातिका चराहरु देखिएका थिए ।

शुक्लाफाँटा नगरपालिका– १ बन्साहामा रु ६० लाख बढीको लगानीमा निर्माण भइरहेको योग भवनको अवलोकन गर्दै नगर उपप्रमुख तुलसीदेवी हमाललगायत । नगरपालीकाको लगानीमा सिद्धबैजनाथ बृद्ध मिलन केन्द्र तथा योग भवन निर्माणको कार्य शुरु गरिएको हो । योगा भवनमा एकै साथ सय जनाभन्दा बढीले योग गर्न मिल्ने छ ।

दोलखाको भीमेश्वर नगरपालिका–१, राङराङ थलीमा निर्माण भइरहेको पोखरीसहित पार्क ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्