
काठमाडौँ – ज्योति विकास बैंक लि. ले धनुषाको जनकपुर र सिरहाको गोलबजारमा नयाँ शाखा संचालनमा ल्याएको छ । जनकपुर उप—महानगरपालिका वडा नं ९, जनकपुर, धनुषामा रहेको नयाँ शाखाको औपचारिक उद्घाटन बुधबार (भदौ २० गते) प्रमुख अथिति जनकपुर उप—महानगरपालिकाका मेयर लाल किशोर शाह, नेपाल राष्ट्र बैंक जनकपुर कार्यलयका निर्देशक नरेश शाक्य तथा बैंकका संचालक जगदीश्वर प्रसाद अधिकारीले संयुक्त रुपमा गरे ।
बुधबार नै गोलबजार नगरपालिका वडा नं ६, गोलबजार, सिरहामा रहेको नयाँ शाखाको उद्घाटन प्रमुख अथिति गोलबजार नगरपालिकाका मेयर देबनाथ शाहतथा बैंकका संचालक जगदीश्वर प्रसाद अधिकारीले संयुक्त रुपमा गरे ।
हाल बैंकले ६० वटा शाखा कार्यालय तथा २० वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेकोछ भने यसै आर्थिक वर्षभित्र थप ३० वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटीएम संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । हालसम्म बैंकले १ लाख ५० हजारभन्दा बढि खाताबाट रु. २० अर्बभन्दा बढि निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १६ अर्व लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ । यस बैकले हाम्रो बिकाश बैकलाइ प्राप्ती गर्न नेपाल राष्ट्र बैंकबाट सैद्वान्तिक सहमति प्राप्त गरि प्रक्रिया अगाडि बढाइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्