
काठमाडौँ – सांग्रिला डेभलपमेन्ट बैंकले नयाँ नियुक्त भएका कर्मचारीहरुलाई १० दिने अभिमुखीकरण तथा बैंकिङ्ग तालीम दिएको छ ।
नबनियुक्त कर्मचारीहरुलाई शाखामा पठाउनु भन्दा पहिले सामाजीकरण गराउने र बैंक सम्बन्धी कामहरु तथा नीति नियमको बारेमा जानकारी दिने उदेश्यले अभिमुखीकरण तालिम राखिएको बताइएको छ । भाद्र १ गते देखी १० गते सम्म संचालित यो तालिममा नबनियुक्त ६५ जना कर्मचारी सहभागी भएका थिए ।
उक्त तालिममा सहभागी कर्मचारीहरुलाई बैंकले प्रदान गर्ने सेवा सुविधा सम्बन्धि आवश्यक तालिम प्रदान गरिएको बैकका निमित्त प्रमुख कार्यकारी अधिकृत निर्मल कुमार श्रेष्ठले बताए । १० दिने कार्यक्रमको समापन कार्यक्रममा बोल्दै बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले यस किसिमको तालिमले नबनियुक्त कर्मचारीहरुको कार्यकुशलता बढ्ने र कर्मचारीले यस्ता तालिमबाट आफुले सिकेको कुरा प्रयोगमा ल्याउनु पर्ने बताए ।
निमित्त प्रमुख कार्यकारी अधिकृत तथा कर्जा तथा मार्केटिङ्ग बिभागका प्रमुख निर्मल कुमार श्रेष्ठले उक्त कार्यक्रममा संस्थाले कर्मचारीको सीप बिकास तथा तालीमको लागि अभिमुखीकरण तथा बैंकिङ्ग तालीम कार्यक्रम गर्दै आएको तथा यस्ता कार्यक्रमले कर्मचारीको आत्मविश्वासमा समेत बृद्घि गरि बैंकको प्रतिनिधित्व गर्न थप उर्जा प्रदान गर्ने बताए । कार्यक्रममा सहभागी कर्मचारीहरुले तालिम निकै फलदायी भएको र उक्त अभिमुखीकरण तथा बैंकिङ्ग तालीममा सहभागी हुदाँ सबैसंग चिनजान गर्ने मौका र काम गर्नै हौसला मिलेको बताएका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्