
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको दोस्रो दिन नेप्से बढेको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक १७.२० अंकले बढेर २६९१.५५ बिन्दुमा कायम भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २१६ कम्पनीको १ करोड ३६ लाख३२ हजार ८०० कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ५० करोडमाथिको कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार एनआइसी एसिया बैंकको भएको छ ।
यस कम्पनीको २५ करोडमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश: नबिल बैंक र निफ्राको भएको छ । आज ६ समूह बाहेकका अन्य सबै समूह बढेका छन् । यस्तै आज सबैभन्दा धेरै एनआइसी एसिया लघुवित्तका लगानीकर्ताले कमाएका छन् भने साञ्जेन हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्