
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले पर्वतको पैंयु गाउँपालिका– ६ डाँडाकाहूँको बस्तीमा गत शुक्रवार जङ्गलमा लागेको डढेलो गाउँ पसेपछि आगोले जलेका स्थानीयवासीका घरदेखि मर्दी पदयात्रा मार्गमा पर्ने लो क्याम्पमा आन्तरिक पर्यटक सम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
आगालागीवाट ध्वस्त बनेको गाउँ: पर्वतको पैंयु गाउँपालिका– ६ डाँडाकाहूँको बस्ती । गत शुक्रवार जङ्गलमा लागेको डढेलो गाउँ पसेपछि आगोले जलेका स्थानीयवासीका घर ।

मर्दी पदयात्रा मार्गमा पर्ने लो क्याम्पमा आन्तरिक पर्यटक । पछिल्ला वर्षमा मर्दी पदयात्रा आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ ।

ब्यासको छाङ्गरुमा सशस्त्र प्रहरीको लागि भवन निर्माण पाँच महिनापछि शुरु हुँदै । गत मङ्सिरमा हिमपातका कारण रोकिएको भवन निर्माण कार्य पुन सुचारु भएको हो । भारतसँग सीमा जोडिएको छाङरुमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मलाई वर्ष दिन बस्न मिल्ने गरी कुल १० करोड लागतमा भवन निर्माण भइरहेको छ ।

पोखरा पर्यटन परिषद्द्वारा प्रकाशित नयाँ वर्षको क्यालेण्डर विमोचन गर्दै अतिथि ।

लयकाँडा खानेपानी योजना शिवालय गाउँपालिका–२ स्थित गाउँमा ल्याइएको खानेपानीको लाइन । खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयको रु २० लाखमा एक घर, एक धारा योजनाअन्तरर्गत ४५ घरधुरीलाई पानी वितरण गरिएको छ ।

जुम्लाको तिला गाउँपालिका –९ ढिपु गाउँको मुल्लीमा आगलागीका विस्थापित भएका पीडितलाई पाल प्रदान गर्न सो गाउँपालिका अध्यक्ष रतननाथ योगीलाई आइतबार पाल हस्तान्तरण गर्दै जिल्ला प्रशासन कार्यालय जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाई । सो पालले अग्नि पीडितलाई बस्न र सामान राख्न मद्दत मिल्ने छ । सो आगलागीबाट २९ घर जलेर नष्ट भएका थियो ।

एशियाली विकास बैंकको सहयोगमा सडक बनेको २२ वर्षपछि कालोपत्र गरिएको बागलुङ कुश्मीशेरा सडक । यो सडकको १० किलोमिटर खण्ड कालोपत्र भएपछि सवारी आवतजावतमा सहज भएको छ ।

तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार एकाइको आइतबार बिहान सम्पन्न मतगणनापश्चात् निर्वाचित नयाँ कार्य समिति सामूहिक तस्वीरमा । अधिवेशनबाट भूपाल आलेको नेतृत्वमा कार्यसमिति निर्वाचित भएको छ ।

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका भवन आइतबार बिहान सरसफाइ गर्दै कर्मचारी । फागुन–चैतको हुरीबतास र पछिल्ला केही हप्ताको वातावरण प्रदूषणका कारण कार्यालय भवन नै धुलाम्मे भएपछि नगरका सरसफाइ कर्मचारीले पानीको फोहराबाट सफा गरेका हुन् ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्