
एनआईसी एशिया बैंकको कुश्मा शाखाले पर्वत जिल्लाको फलेवास नगरपलिका २ ठापाठानामा १२औँ शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । स्थानीय स्तरमा सरल तथा सहज रुपमा वित्तीय पहुँच पुर्याउनका लागि थापाठानामा यो सेवा संचालनमा ल्याईएको हो । शुक्रवार एक समारोहविच पर्वत उघोग वाणिज्य शंघका अध्यक्ष केदार नाथ शर्माले उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरे ।
सो अवसरमा अध्यक्ष शर्माले जिल्लाका ग्रमीण क्षेत्रमा शाखारहित बैंकिङ्ग सेवा विस्तार हुनु सकरात्मक रहेको बताउँदै यस सेवाले ग्रामिण क्षेत्रका स्थानीय वासिन्दालाई बैकिङ्ग बानीको विकासमा टेवा पुर्याउँदै वित्तीय साक्षरता वृद्धि गर्ने कुरामा आफु विश्वास्त रहेको बताए ।
यस सेवाबाट गाउँमै स्थानीय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा, निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिसहोम÷सीडीएमए÷युटिएलको महसुल भुक्तानी गर्ने, मोबाइल रिर्चाज गर्ने लगायतका सेवा लिन सकिने बैंकका क्षेत्रीय प्रबन्धक दिपेन्द्र शर्माले बताए । कृषि, रेमिट्यान्स, पेन्सन मुख्य आयस्रोत सहेको यस क्षेत्रका वासिन्दा बैंकिङ सेवा उपभोग गर्नका लागि घण्टौँ यात्रा गरेरे जनुपर्ने बध्यतालाई मध्यनजर गरी यो सेवा विस्तार गरिएको उनले प्रष्ट पारे ।
कास्कीको पर्यटकीय क्षेत्र घान्दु्रकमा समेत शाखारहित वैकिङ्गसेवा विस्तारका लागि पहल भैरहेको नयाँपुल शाखाका प्रवन्धक टंकनाथ लामिछानेले बताए । निजी क्षेत्रकै सबैभन्दा बढि शाखा संजाल भएको यस बैंकले २२५ भन्दा बढी शाखा २१८ एटिएम तथा पाँच हजारभन्दा बढि रेमिट्यान्स पेआउट एजेन्टहरु मार्फत जनतालाई सेवा प्रदान गर्दै आएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्