Skip to content
LAXMI SUNRISE BANK

नेप्सेका नयाँ हाकिमद्वारा पद तथा गोपनियताको शपथ ग्रहण, पूँजीबजारको विकास गर्ने प्रतिबद्धता

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- चन्द्र सिंह साउद नेप्सेबाट बर्खास्त भएपछी नेप्सेको कमान रमेश अर्यालले सम्हालेका छन् । यसैबीच उनले सोमबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । उनलाई नेप्से सञ्चालक समितिका अध्यक्ष लक्ष्मण न्यौपानेले पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् । अर्याल अर्थमन्त्रालयका उपसचिव हुन् । 
‘नेपाल सरकार, नेपाल धितोपत्र बोर्ड, लगानीकर्ता, सदस्य धितोपत्र दलाल लगायतका सरोकारवालासँग कार्यशील सम्बन्ध बनाई मुलुकको आवश्यकता अनुसार पूँजी बजारको विकासमा लाग्नेछु ।’ सपथ ग्रहणपछि अर्यालले भने, ‘ लगानीकर्ता , स्टक एक्सचेञ्ज तथा कर्मचारीको हित प्रवर्द्धनमा काम गर्नेछु।’
अर्को व्यवस्था नभएसम्मका लागि अर्यालले नेप्सेको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका हुन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK