
काठमाडाैं – महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको डडेलधुरा शाखाले अमरगढी नगरपालिका वडा नं ५, बागबजार, डडेलधुरा स्थित बैंककै भवनमा सोमबार गीता आँखा अस्पतालको समन्वयमा निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न गरेको छ ।
शिविरमा करिब २१० जनाको आँखा परीक्षण गरिएको थियो साथै निहित समस्या उपचारार्थ निःशुल्क औषधी समेत वितरण गरिएको थियो । सामान्य आँखाको समस्यालाई ध्यान नदिँदा त्यसले जटिल समस्या निम्त्याउने कुरालाई प्रस्ट पार्दै बैंकका शाखा प्रबन्धक श्री पहलमान ठकुल्लाले समयमा नै आँखा परीक्षण गर्नुपर्ने कुरालाइ जोड दिनुभयो र सोही कुरालाई ध्यान दिँदै बैंकले आँखा शिविर आयोजना गरेको जानकारी दिनु भएको थियो ।
बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्