
बागलुङ- बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङको आयोजना र नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. नेफ्स्कूनको संयोजनमा विश्व महिला नेतृत्व सञ्जाल (Global Women Leadership Network) को सिस्टर सोसाईटी बागलुङ च्यापटर सहकारीकर्मी सीता शर्माको संयोजकत्वमा सोमवार बागलुङमा गठन भएको छ ।बागलुङ जिल्लाबाट सहकारी अभियानमा क्रियाशिल महिला दिदीवहनीहरुलाई सिस्टर सोसाईटीको माध्यमवाट विश्व महिला सञ्जालमा जोड्ने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रमलाई नेफ्स्कूनका अध्यक्ष डि.वि. बस्नेतले उद्घाटन गरेका थिए ।
बचत तथा ऋण सहकारी संस्थाहरुको संस्थागत विकास र सुदृढिकरणका लागि नेफ्स्कूनले विभिन्न कार्यक्रमहरु विकास गरी कार्यान्वयनमा ल्याईराखेको र आगामी दिनमा पनि साकोसहरुको विकासका लागि नयाँ नयाँ कार्यक्रमहरु ल्याउने योजना रहेको बस्नेतको भनाई थियो । बस्नेतले बागलुङले देशको सहकारी अभियानमा खेलेको भूमिकाको प्रशंसा गरे ।
कार्यक्रममा नेफ्स्कूनका सञ्चालक एवं सिस्टर सोसाइटी नेपाल च्याप्टरका संयोजक शान्ति ढकाल अधिकारीले विश्व महिला नेतृत्व सञ्जालको बारेमा जानकारी गराउँदै सिस्टर सोसाईटी च्यापटर गठनको उद्देश्य, यसले गर्ने कार्यहरु, यसका फाईदाहरु लगाएतका विषयहरुमा सहजिकरण गरेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्