×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिंगटी हाइड्रो इनर्जीको २९ लाख कित्ता आइपीओ शुक्रबार बाँडफाँड हुँदै, १३ लाख ७१ हजार ५३७ आवेदकले सेयर नपाउने

PRIME CA

सिंगटी हाइड्रो इनर्जीको २९ लाख कित्ता आइपीओ शुक्रबार बाँडफाँड हुँदै, १३ लाख ७१ हजार ५३७ आवेदकले सेयर नपाउने

२७ चैत्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट


  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आज शुक्रबार सिंगटी हाइड्रो इनर्जीको आइपीओ बाँडफाँड हुँदैछ । बिक्री प्रबन्धक मेगा क्यापिटलकै कार्यालयमा कम्पनीको आईपिओ ११ बजे बाँडफाँड हुने भएको हो । कम्पनीको आईपिओमा कुल २ अर्ब ४६ करोड ६५ लाख ६४ हजार रुपैयाँ बराबरको १६ लाख ३५ हजार ५३७ जनाले २ करोड ४६ लाख ६५ हजार ६४० कित्ताका लागि आवेदन परेको थियो । 
कम्पनीको आईपिओमा माग भन्दा ९.३४ गुणा बढी आवेदन परेको थियो हो । यसआधारमा २ लाख ६४ हजार जना आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन् भने १३ लाख ७१ हजार ५३७ जना भन्दा धेरै आइपीओ पाउनबाट वञ्चित हुनेछन् ।
सिंगटीले चैत ६ गतेबाट १० गतेसम्म १०० रुपैयाँ दरमा कुल २९ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो । यसमध्ये ५८ हजार कित्ता कर्मचारी र १ लाख ४५ हजार कित्ता म्युचुअल फन्डहरुलाई छुट्याएर बाँकी २६ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो । यो आइपीओलाई क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले ‘केयर एनपी डबल बी माइनस इस्यूअर रेटिङ प्रदान गरेको थियो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: