×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु बैंकको जेठ १० गते साधारण सभा हुने, यस्ता छन् प्रस्तावहरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्रभु बैंकको जेठ १० गते साधारण सभा हुने, यस्ता छन् प्रस्तावहरु

२० बैशाख २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – प्रभु बैंकको साधारण सभा जेठ १० गते हुने भएको छ । प्रभुले अन्य बैंक तथा वित्तीय संस्था एक्विजिसन गर्नुपरेमा त्यसको जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि लैजाने भएको छ । बैंक सञ्चालक समितिमा कम्तिमा १ जना महिला रहनेगरी नियमावली संशोधन गर्ने एजेन्डा पनि छ । 
साधारण सभा प्रभुको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा दिउसो १ बजे सुरु हुनेछ । आर्थिक वर्ष २०७३–७४ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतमा छलफल गर्ने प्रस्ताव पनि छ । आर्थिक वर्ष २०७४–७५ को लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि रहेको छ । 
बैंकले वैशाख २८ गतेदेखि साधारण सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । हाल यस बैंकको चुक्ता पुँजी ८ अर्ब १३ लाख ३४ हजार रुपैयाँ छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी