
- कमल निर्दोष
आइतबार बिहान छोरी उठ्दै थिइ !
मन्जन राखिएको ब्रस निराश भएर निमोठ्दै थिइ !
भिजेका आँखाहरुले मलाइ पुलुक्क हेर्दै
निर्दोष हातहरुले मलाइ अँगालोमा बेर्दै
मलिन स्वरले भनी, ‘बाबा हिजो राती पनि मैले माम एक्लै खाएँ’
सोमबार जुत्तामा पोलिस लगाउँदै, मलाइ तुना बाँध्न अनुरोध गर्दै
उहि भिजेका परेलीहरु बोकेर छोरीले भनी, ‘आज चांडो आउनुहोस् है !’
मंगलबार, बुधबार बिहिबार, पुष, माघ फाल्गुन !
सधैं छोरीको अनुरोध र मेरो बाध्यता !
कहिल्यै समयमा सकिएन अफिसको काम !
अहँ कहिल्यै बाँच्न पाइएन जिन्दगी !
शुक्रबार छोरो उठेर भन्यो, ‘बाबा बरु आज राती ढिलो आए पनि हुन्छ’
‘तर भोलि जु जाने ल !
टाउको हल्लाउँदै, मन मारेर ‘हुन्छ’ भन्नुको विकल्प कहाँ थियो र मसँग ?
हो त ! भोलि त शनिबार ! दिउँसोभरको समय परिवारलाई !
शुक्रबार बेलुका हाकिमको आदेश, ‘सर यसपालीको रिपोर्ट फिटिक्कै भएन’
यो असाइन्मेन्ट सक्नु पर्यो !
बेलुकी ५ बजेको संकेत तर उही तीतो बाधय्ता !
शनिबार पनि अफिस आउने सर्तमा बेलुकी ७ बजे बजेको छुट्टी !
न छोराको खुसी रह्यो, न छोरीको चाहना पूरा
बैंकरको जिन्दगी, खै के जिन्दगी, रस, रंग जिवनका सबै अधुरा !
भएन यसरी ! त गर्ने कसरी यस्तो भो अब घर सल्लाह
‘छोरोले बाउ बिर्सिने भो ! छोरी बाउ बिना बिग्रिने भइ ! त्यसैले, अहँ म अब बैंकर बन्दिन बा… !
(कवि निर्दोष एक बैंकरका दाजु हुन्। )
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्