- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – स्वरोजगार लघुवित्त वित्तीय संस्थाको १०० प्रतिशत हकप्रद सेयर आउने भएको छ । कम्पनीले १००% हकप्रद निष्कासन गर्नका लागि नियामक निकाय धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १२ करोड २४ लाख ९७ हजार ७६० रुपैयाँ बराबरको १२ लाख २४ हजार ९७७.६० कित्ता शेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको कात्तिक २८ गते बसेको नवौं साधारणसभाले उक्त अनुपातमा हकप्रद निष्कासन गर्ने निर्णय गरेको थियो ।