- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । काठमाडौँ उपत्यकाको निषेधाज्ञा खुकुलो भएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको आइतबार बसेको बैठकले खुकुलो गरी असार ११ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
सो अनुसार अब बार अनुसार व्यवसाय सञ्चालन गर्न पाइनेछ । आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा, विद्युतीय, घरायसी सामान बिक्री गर्ने पसल खुल्नेछन् भने अटोमोबाइल र त्यसका पार्टपूर्जा पाइने पसल पनि खुल्नेछ ।
यस्तै सोमबार, बुधबार र शुक्रबार सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता पसल, फेन्सी, कस्मेटिक, गिफ्ट र टेलरिङ खुल्नेछन् । सो पसलहरु पसल बिहान ११ देखि ४ बजेसम्म खोल्न पाइनेछ । खाद्यान्न, फलफूल र तरकारी पसलको हकमा भने हरेक दिन ११ बजेसम्म खुल्नेछ ।