Skip to content
LAXMI SUNRISE BANK

इन्साइडर ट्रेडिङ गरेर ‘कमाउन पल्केको’ अजोड इन्स्योरेन्सलाई धक्का, हकप्रद निकाल्न नपाउने

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौं । केहि दिनअघिमात्र इन्साइडर ट्रेडिङ गरेको तथ्य बाहिर आएपछि अजोड इन्स्योरेन्सलाई हकप्रद सेयर निष्कासन गर्न बीमा समितिले रोक लगाउने भएको छ । कम्पनीले संचालक समितिको बैठकले ५० प्रतिशत हकप्रद ल्याउने निर्णय गरेको सूचना चुहाएको थियो । सोहि सूचना चुहिएपछी सेयर बजारमा तिब्र चलखेल भएको थियो।

बीमा समितिले अजोडले आइपीओ निकालेको एकवर्ष समेत नभएको हुँदा हकप्रद निष्कासन गर्न नदिने निर्णय गरेको हो । व्यापार गरेर नाफा कमाउन भन्दा हकप्रदमा ध्यान दिएको अजोडलाई बीमा समितिको यो निर्णयले ठुलो धक्का दिएको छ । अजोडको हकमा आइपीओ निष्कासन गरेपछि लाभांश नै नदिएको कम्पनीलाई हकप्रद सेयर नै आवश्यक नभएको राय बीमा समितिको छ । सोही अनुसारको पत्र अजोडलाई बीमा समितिले दिने छ ।

यता अजोडमा भएको इन्साइडर ट्रेडिङबारे छानविन गर्न धितोपत्र बोर्डमा समितिसमेत गठन भइसकेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK