×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थ सरोकारको समाचारपछि लगानीकर्ता डाक्दै सानीमाले भन्यो, ‘मिडियामा किन गएको ? आउनुहोस् बसेर कुरा गरौँ !’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

अर्थ सरोकारको समाचारपछि लगानीकर्ता डाक्दै सानीमाले भन्यो, ‘मिडियामा किन गएको ? आउनुहोस् बसेर कुरा गरौँ !’

७ माघ २०७४, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- आफ्नो दादागिरीबारे समाचार सार्वजनिक भएपछि सानीमा क्यापिटलले लगानीकर्तालाई बोलाएको छ । आफ्नो सुचना विपरित कर उठाएको कम्पनीले कम्पनीको दादागिरीबारे अर्थ सरोकार डटकममा समाचार प्रकाशित भएपछी लगानीकर्तालाई डाक्दै यस विषयमा कुरा टुंग्याउने आश्वासन दिएको छ ।  कम्पनीका उच्च तहका कर्मचारीले फोन गर्दै लगानीकर्ताहरुलाई मिडियामा जाँदा आफ्नो बेइज्जत भएको भन्दै कुराकानीबाटै यो विषयलाई टुंग्याउने बताएका छन् ।

भएको के हो ? 
सानीमा क्यापिटलले आफैं २०७३/०९/२८ सम्म सेयर किन्नेले वोनसमा कुनै कर तिर्नु पर्दैन भन्दै सार्वजनिक सुचना जारी गरेको थियो तर एक लगानीकर्ताले २०७३/०७/०९ मा किनेको सेयरमा बोनसमा करको भार बोकाएर आफैंले जारी गरेको सुचनाको बर्खिलाप गरेको हो  । यहि प्रकरणमा परेकाहरुमध्ये एक नवराज घिमिरेबारे समाचार प्रकाशित भएपछि उनलाई बोलाउँदै कम्पनीले कुराकानीमा नै आफ्नो गल्ती सच्याउने बताएको छ । उनले २०७३ कार्तिक ९ गते मंगलवार दशमी तिथीका दिन सेयर खरिद गरेका थिए । 
यसैबीच सानिमा क्यापिटलले जारी गरेको सार्वजनिक सुचनामा २०७३/०९/२८ गते सम्म सेयर खरिद गर्ने लगानीकर्ताले कर तिर्नु पर्ने छैन भन्ने सुचना जारी गरेको थियो । तर सानिमा क्यापिटलले जारी गरेको Bo id हालेर चेक गर्नुहोला भनेर जारी गरेको वेव साईटमा जांच गर्दा ८७४१.६ कर तिर्नुपर्छ भन्ने देखाएपछी क्यापिटलले गरेको यस्तो अन्याय बाहिर आएको हो । यसले सानीमा क्यापिटल आफ्ना सेवाग्राहीप्रति कतिसम्म जिम्मेवारहीन रहेछ भन्ने कुरालाई प्रमाणित गरेको छ ।
यस विषयमा बुझ्न खोज्दा कम्पनीका सीइओ मनिष जोशीलाई सम्पर्क हुन सकिरहेको छैन । 

यो पनि पढ्नुहोस् :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी