
काठमाडौं । सरकारले ३ नम्बर प्रदेश प्रमुखमा समाजसेवी अनुराधा कोइरालालाई नियुक्त गरेको छ । चुनावको मुखमा नेपाली काँग्रेसमा प्रवेश गरेकी कोइरालाको नियुक्तिसँगै विवादमा तानिएकी छन् ।
विशेषगरी उनको जन्मबारे विवाद भएको हो । कोइरालालाई भारतीय भएको र अंगिकृत नागरिकता लिएको सामाजि प्रयोगकर्ताहरुले बताएका छन् । हुनपनि उनको नागरिकता र वायोग्राफीमा फरक फरक स्थानमा जन्म भएको उल्लेख छ । कोइरालाको माइती नेपालको अाधिकारिकत साइटमा भारतमा जन्म भएको भनिएको छ भने नागरिकताको प्रतिलिपीमा नेपालको ओखलढुंगामा जन्म भएको उल्लेख छ ।
माइती नेपालकी संस्थापक कोइरालाको जन्म सन् १९४९ अप्रिल १४ मा भारतमा भएको वायोग्राफिमा उल्लेख गरिएको छ भने नागरिकताको प्रतिलिपी २०५० साल पुस ६ गते ओखलढुंगा उल्लेख छ । प्रतिलिपी नागरिकता काठमाडौं जिल्ला प्रशासनबाटै लिएको देखिन्छ ।

इन्टरनेटमा कोइरालाबारे जानकारी राखेका साइटहरुले फरक फरक ठाउँमा जन्म भएको बताइएको छ । माइती नेपालका अाधिकारी साइटसँगै अन्य केही साइटहरुमा जन्मस्थान भारतको कालिम्पोङ उल्लेख छ तर अंग्रेस,नेपाली र हिन्दी विकिपीडियामा अनुराधाको जन्म ओखलढुंगाको रुम्जाटारमा भएको उल्लेछ ।
अामा लक्ष्मी गुरुङ र बुबा कर्णेल प्रतापसिंह गुरुङकी छोरी अनुराधाले १९ वर्षको उमेरमा दिनेशप्रसाद कोइरालासँग विवाह गरिन् । उनको एउटामात्र छोरा मनिष कोइराला छन् । स्कूलसम्मको पठाइ नेपालमै भएको थियो भने स्नातक भारतको कोलकतामा ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नियुक्त गरेसँगै मधेसी नेतृ सरिता गिरीले पहिलो पटक कोइरालाको जन्मबारे प्रश्न उठाएकी थिइन् । अनलइन डबलीले एक हप्ता पहिले नै अनुराधालाई तीन नम्बरको प्रदेशको प्रमुखमा नियुक्त गर्ने तयारी भइरहेको समाचार प्रकाशित गरेको थियो ।

यसैबीच राजनीतिक विश्लेषक तथा लेखक भरत दाहालले ३ नम्बर प्रदेश प्रमुखको रुपमा नियुक्ती पाएकी अनुराधा कोइराला भारतीय भएको अारोप लगाएका छन् । बुधबार सरकारले कोइरालालाई प्रदेश प्रमुखमा नियुक्त गरेको छ ।
दाहालले सामाजिक संजालमा कोइरालाको बायीग्राफिले भारतीय देखाएको बताउँदै सरकारसँग जवाफ मागेका छन् ।’माइती नेपाल’ मा पश्चिमा देशहरुको लागनी भएको बताउँदै दाहालले कोइरालालाई दिइएका पुरस्कारका प्रकृति, संघीयता कार्यान्वयन गर्ने पैसा नभएको भन्दै विश्व बैंकले ऋण दिन थालेको र कोइरालाको नियुक्तिले प्रदेश विदेशीहरुको जिम्मा लगाउने षड्यन्त्र भएको दाबी गरेका छन् ।
”इण्डियन कि नेपाली ? प्रमाणसहित तत्काल जबाब देउ । उनकाे बायाेग्रफिले इण्डियन बतार्इरहेकाे छ। ‘माइति नेपाल’मा पश्चिमाहरूकाे लगानी, उनलार्इ दिर्इएका पुरष्कारहरूकाे प्रकृती, संघीयतालार्इ कार्यान्वयन गर्ने पैसा नभएर विश्व बैंकले दिन थालेकाे ऋण र अनुराधाकाे काँग्रेस प्रवेशकाे लगत्तै प्रदेश प्रमुखमा नियुक्तिका घटनाहरूले खतरनाक संकेतहरू देखार्इरहेका छन्” दाहालले लेखेका छन् ।
त्यसैगरी दाहालले देशको ढुकुटी लुटेर पैसा नभएको बहानामा प्रदेशहरुलाई विदेशीहरुको जिम्मा लगाउने षड्यन्त्रको भद्दा रुप प्रकट हुन थालेको दाबी गरेका छन् । ”देशकाे ढुकुटी लुटेर पैसा नभएकाे बहानामा प्रदेशहरूलार्इ विदेशीहरूकाे जिम्मा लगाउने षडयन्त्र भद्दा रूपले प्रकट हुन थालेकाे देखिँदैछ” उनले फेसबुकमा लेखेका छन् ।
मधेसी नेतृ सरिता गिरीले अनुराधा भारतको नागरिक भएको बताउँदै विवाहपछि नेपाली अंगिकृत नागरिकता लिएको बताएकी छन् । नेतृ गिरीले २००७ सालामा जन्मेकी अनुराधाले २०५० सालमा मात्रै नागरिकता लिनुको कारण खोजेकी छन् । अनुराधाको बारेमा अाफूलाई भन्नु नभएपनि नागरिकताबारे राज्यले द्वैध नीति लिएको गिरीको ठहर छ ।
गिरी अगाडि लेख्छन्,‘मैले जानेअनुसार उहाँ दार्जीलिङको हुनुहुन्छ र विवाहपछि नेपाली नागरिक हुनु भएको हो । म गल्ती पनि हुनसक्छ । तर, यदि यो सत्य हो भने नागरिकता कानुनको सम्बन्धमा राज्यको द्वैध नीति पुनः प्रमाणित भएको छ ।’
पूर्वसांसद समेत रहेकी गिरीले नै अनुराधाले नेपाली अंगिकृत नागरिकता लिएको बताएपछि सामाजिक संजालदेखि मिडियालाई बुधबार निकै मशला बन्यो ।
कोइराला महिला अधिकारको क्षेत्रमा काम गर्दै अाएकी छन् । उनले माइती नेपालमार्फत यौन हिंसाको शिकार भएको महिलाको क्षेत्रमा काम गर्दै अाएकी छन् । त्यसैगरी विदेशमा विचेएकी महिलाहरुमा उद्दारको पनि ठूलो भूमिका निर्वाह गरेकी छन् । त्यसैगरी माइती नेपालले एचअाइभी संक्रमित महिलाहरुको लागि पनि उद्दार र सहयोग गर्दै अाएको छ ।
कोइराला सिएनएन हिरो, मदर टेरेसा अवार्ड,पद्मा श्री अवार्डलगायतका अन्तर्राष्ट्रिय पुरस्कार पनि हात पारेकी छन् ।
चुनावको मुखमा कोइराला नेपाली काँग्रेसमा प्रवेश गरेकी थिइन् । अाफ्नो जीवन काँग्रेस राजनीतिमै सकेर हिँउझैं सेताम्य भएका धेरै काँग्रेसीलाई पछी पार्दै अनुराधले प्रदेश प्रमुख हात पारेकी छन् ।
सरकारले प्रदेश नम्बर १ मा डा. गोविन्द तुम्बाहाङ (सुब्बा), प्रदेश २ नम्बर को प्रमुख बनेका रत्नेश्वर लाल कायस्थ, प्रदेश नम्बर ४ मा बाबुराम कुँवर, प्रदेश ५ मा उमाकान्त झा, प्रदेश नम्बर ६ मा दुर्गाकेशर खनाल कांग्रेस र प्रदेश नम्बर ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुखमा नियुक्त गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्