×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बम आक्रमणको निरन्तरता, संखुवासभामा पनि एमाले उम्मेदवारमाथि हातेबम प्रहार

PRIME CA

बम आक्रमणको निरन्तरता, संखुवासभामा पनि एमाले उम्मेदवारमाथि हातेबम प्रहार

२८ कार्तिक २०७४, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

संखुवासभा – प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन प्रचारप्रसारका क्रममा मंगलबार बिहान सभापोखरी गाउँपालिकामा वाम गठबन्धनका उम्मेदवार सवार गाडीमाथि हातेबम प्रहार भएको छ ।
जिल्लामा प्रतिनिधिसभाका लागि वाम गठबन्धनका तर्फबाट नेकपा(एमाले)का उम्मेदवार राजेन्द्रप्रसाद गौतम, प्रदेश नं १ (क) का लागि नेकपा(माओवादी केन्द्र)का उम्मेदवार पूर्णप्रसाद राई र माओवादी केन्द्रकै समानुपातिकतर्फका उम्मेदवार चेतनाथ शर्मा सवार गाडीमा बिहान १०ः०५ बजे बम प्रहार भएको हो ।
एमालेका उम्मेदवार गौतमका अनुसार निर्वाचन प्रचारप्रसारका क्रममा स्थानीय धुपुबाट बाह्रबीसे बजार जाने क्रममा बम प्रहार भएको हो । सो बम प्रहारबाट मानवीय क्षति भएको छैन ।अहिले सदरमुकाम खाँदबारीमा सुरक्षा समितिको बैठक बसिरहेको छ ।
अहिलेसम्म सो घटनाको कसैले पनि जिम्मा लिएको छैन ।बम प्रहार भएको स्थान सदरमुकाम खाँदबारीबाट पश्चिम ४ घण्टाको पैदल दूरीमा पर्छ । एक निर्वाचन क्षेत्र रहेको जिल्लामा पहिलो चरणअन्तर्गत आगामी मंसिर १० गते निर्वाचन हुनेछ । – एस काठमाडौँ 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: