
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- आशन्न मङ्सिरको चुनावका समयमा नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले सिएका विभिन्न तह परिक्षा राखेको छ । यसरी आफ्नो मताधिकारमाथि धावा बोलिएको भन्दै केहि विद्यार्थीहरुले निर्वाचन आयोगमा निवेदन दर्ता गराएको बताएका छन् । बल्ल बल्ल पाएको यस्तो मौका चुकाउन नपरोस् भन्दै परिक्षा सार्न आइक्यानलाई अनुरोध गर्न र यस विषयमा छलफल गरी, निष्कर्षमा पुगी मत हाल्न पाउने अधिकार सुरक्षित गरी पाउँ भनी सिएको तेश्रो तह क्याप थ्रीमा अध्ययनरत केहि विद्यार्थीहरुले आयोगमा निवेदन दिएको बताएका छन् ।
यता आइक्यानले भने परिक्षा नसार्ने निर्णय भएको बताएको छ । ‘निर्वाचनका समयमा परिक्षा के गर्ने भन्ने विषयमा छलफल भएको हो ।’ आइक्यान अध्यक्ष प्रकाश जंग थापाले अर्थ सरोकारसँग भने, ‘निर्वाचनको अघिल्लो दिन, निर्वाचनको दिन लगायतका दिनहरुलाई असर नगर्ने गरी परिक्षा तालिका सार्वजनिक गरेका छौं । परिक्षा नसार्ने भन्ने निर्णयमा पुगेका छौं ।’
यता निर्वाचनको समयमा परिक्षा परेकाले थुप्रै विद्यार्थीहरुले आफ्नो मताधिकार गुमाउने भएका छन् । आइक्यानमा परिक्षा दिने हजारौं विद्यार्थीमध्ये अधिकांस मताधिकार प्राप्त १८ बर्ष पुगेका नागरिक छन् । आयोगमा परेको निवेदनले कस्तो रुप लिनेछ, त्यो भने हेर्न बाँकी नै छ । आइक्यानको परिक्षा यहि डिसेम्बर १ देखि सुरु हुँदैछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्