×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय अनुसन्धान विभागले माग्यो २२ अधिकृतसहित ५५ कर्मचारी

PRIME CA

राष्ट्रिय अनुसन्धान विभागले माग्यो २२ अधिकृतसहित ५५ कर्मचारी

अर्थ सरोकार

२६ श्रावण २०७४, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साउन २६ गतेदेखि ३० दिनभित्र तोकिएका कार्यालयमा तोकिएको शर्त पूरा गरी दरखास्त दिन  राष्ट्रिय अनुसन्धान विभागले सूचना प्रकाशित गरी आह्वान गरेको छ ।  विभागले अनुसन्धान अधिकृतसहित ५५ स्थायी दरबन्दी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो । समावेशी सिद्धान्त अनुसार पदपूर्ति हुनेछ । विभागले अनुसन्धान अधिकृतमा २२ जनशक्ति पदपूर्तिको लागि दरखास्त आह्वान गरेको छ जसमा १२ खुल्लामा,  ३ आदिवासी जनजाति, ३ मधेशी, २ महिला, १ दलित  र १ जना पिछडिएको क्षेत्रमा माग गरेको छ ।

त्यसैगरी  ३३ जना अनुसन्धान सहायकमा माग गरिएको छ । जसमा खुल्लामा १८, आदिवासी जनजातिमा ५, मधेशीमा ४, महिला ३, दलित २ र पिछडिएको क्षेत्रमा १ जना माग गरिएको छ । दरखास्त फाराम राष्ट्रिय अनुसन्धान विभागको केन्द्रीय कार्यालय सिंहदरबार र क्षेत्रीय कार्यालयहरु धरान, हेटौंडा, पोखरा, वीरेन्द्रनगर र दिपायलमा समेत बुझाउन सकिनेछ र दरखास्त दिने म्याद साउन २६ गतेदेखि ३० दिन कायम रहने जानकारी स्रोतले जनाएको छ । 
 मान्यताप्राप्त शिक्षण संस्थाबाट स्नातक उत्तीर्ण गरेकाले अनुसन्धान अधिकृतको हकमापाउने छन् । अनुसन्धान सहायकको हकमा प्रवीणता प्रमाणपत्र वा सो सरह उत्तीर्ण भएको हुनुपर्नेछ । अनुसन्धान अधिकृतमा पुरुषको उमेर २१ वर्ष पूरा भई २५ ननाघेको तथा महिलाको हकमा २१ वर्ष पूरा भई ३० वर्ष ननाघेको हुनुपर्नेछ । यस्तै, सहायकमा पुरुषका लागि १८ वर्ष पूरा भई २५ वर्ष नकटेको तथा महिलाको हकमा १८ वर्ष पूरा भई ३० वर्ष पूरा नभएको हुनुपर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: