
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – जागिरका लागि बैंकमा आवेदन दिने युवतीहरुको मोबाइल नम्बर वेव साइटमा राख्ने युवतीहरुलाई यौन हिंसाको सिकार बनाएका गण्डकी बिकास बैंकले वेव साइटबाट उक्त नम्बरहरु हटाएको छ । जागिर खोज्नेहरुको मोबाइल नम्बर विना अनुमति सार्वजनिक गरेर बैंकले गम्भीर अपराध गरेको खबर अर्थ सरोकार डटकमले ब्रेक गरेपछि बैंकले निर्णय सच्याएको हो । सीईओ रेशम बहादुर थापाकै डिजाइन अनुसार राखिएको नम्बर सीईओकै निर्देशनमा हटाइएको छ ।

पहिला यसरी मोबाइल नम्बरसमेत सार्वजनिक गरिएको थियो।

यद्यपी बैंकले सार्वजनिक गरेको मोबाइल नम्बरहरु यतिबेला भाइरल बनीसकेका छन् । छानी छानी युवतीका मोबाइल नम्बरहरु थुप्रैले सेभ गरेर अहिले विभिन्न महिलाहरुलाई दुख दिईरहेका छन् । यस्तै गुनासो केहि दिनअघि एक युवतीले गरेकी थिईन् । बैंकले गरेको गल्तीका कारण आफु यौन हिँसामा परेको भन्दै एक युवतीले समाचार प्रकाशनका लागि अर्थ सरोकार डटकममा खबर गरेकी थिईन् ।
यसअघि नेपालमा रहेका चार्टड एकाउन्टेन्टहरुकै बेइज्जत हुनेगरी भ्याकेन्सी निकालेर एकाएक विवादमा आएको बैंक पछिल्लो समय गैर कानुनी रुपमा जागिरमा आवेदन दिने महिलाहरुकोसमेत व्यक्तिगत मोबाइल नम्बर सार्वजनिक गरेको प्रकरणसम्म आइपुग्दा विवादको उत्कर्षमा आइपुगेको छ ।
यो पनि पढ्नुहोस् :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्