×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेले माग्यो नयाँ प्रमुख कार्यकारी अधिकृत, वित्तिय क्षेत्रमा ५ बर्षको अनुभव हुनुपर्ने

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नेप्सेले माग्यो नयाँ प्रमुख कार्यकारी अधिकृत, वित्तिय क्षेत्रमा ५ बर्षको अनुभव हुनुपर्ने

Artha Sarokar

१७ श्रावण २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

 काठमाडौं – नयाँ प्रमुख कार्यकारी अधिकृतका लागि नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का लागि खोजी सुरु गरेको छ । अर्थ मन्त्रालयले १५ दिन भित्रै आफ्ना योजनासहित दरखास्त दिन आवेदन खुल्ला गरेको हो । तत्कालिन प्रमुख कार्यकारी अधिकृत सिताराम थपलियाको असार २५ गतेको जागिरे पदको  म्याद सकिएको थियो । मन्त्रालयले नयाँ नेतृत्वका लागि  प्रमुख कार्यकारी अधिकृत बिहिन भएको करिब तीन सातापछि आवेदन खुल्ला गरेको हो ।
आवेदन दिनका लागि बाणिज्य, अर्थशास्त्र, वित्तिय वा कानुन बिषयमा स्नातकोत्तर उतिर्ण गरेर धितोपत्र बजार, पुँजी बजार, बैंकिङ वा वित्तिय क्षेत्रमा ५ बर्षको अनुभव भएको हुनुपर्नेछ । आवेदकहरुले नेप्से सञ्चालन गर्ने आफ्ना गोप्य योजनासहित आवेदन दिन सक्नेछन् । अर्थ मन्त्रालयको वित्तिय क्षेत्र व्यवस्थापन महाशाखामा पाँच हजार शब्दमा आफ्ना व्यवसायीक योजना समेटेर पेश गर्नुपर्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी