
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – गत सोमबारनै नेप्सेमा नयाँ महाप्रबन्धकको नियुक्तिको तयारी गरिएको थियो । सीताराम थपलियाको कार्यकाल सकिनेबितिकै नयाँ महाप्रबन्धकको नियुक्ति गरिने भन्ने कुरा भएपनि सोमबारको मिति मंगलबार सारियो । मंगलबारपनि नयाँ जीएमको नियुक्ति भएन । नियुक्तिको मिति पुन: बुधबार सारियो । बुधबार पनि नेप्सेको जीएम नियुक्ति गरिएन । त्यसपछि नियुक्तिको समय शुक्रबार सारियो । शुक्रबारपनि नेप्सेले नयाँ जीएम नपाउने सम्भावना बढेको छ । यसको पछाडीको कारण सीताराम थपलिया र रेवत बहादुर कार्कीको चलखेल रहेको बुझिएको छ ।
सीताराम थपलियाले गरेछन् यस्तो चलखेल
नेप्सेको नयाँ जीएमको नियुक्ति एक दिन सर्ने बितिकै सीताराम थपलिया विभिन्न पावर सेन्टर धाउँदै अर्को व्यवस्था नहुन्जेलसम्म आफुलाई नै कार्यवहाकको रुपमा राख्न भन्दै बिन्ती बिसाउन पुगेको स्रोतको दावी छ । ‘अहिले अनलाइन प्रणाली ल्याउने काम अगाडी बढेको छ भने भ्याटको लफडा पनि त्यस्तै छ । यस्तो बेला नयाँ मान्छे ल्याउँदा वा नेप्से खाली हुँदा गाह्रो पर्छ । मलाइ नै कार्यवहाक बनाइदिनुपर्यो भन्दै थपलिया हारगुहार गरिरहेका छन् ।’ थपलिया निकट स्रोतले अर्थ सरोकार डटकमसँग भन्यो । थपलियाको यस्तो कुरा सुनेपछि केहि समय थपलियालाई नै पो कार्यवहाक जिम्मेवारी दिने कि भन्ने कुरामा समेत सम्बन्धित ठाउँमा चर्चा हुन लागेको स्रोतको दावी छ ।
रेवत बहादुर कार्कीको यस्तो खेल
यता आफु निकट पर्वत कार्कीलाई कुनै पनि हालतमा नेप्सेको महाप्रबन्धक बनाउने खेलमा धीतोपत्र बोर्डका अध्यक्ष लागी परेपछि नेप्सेको नयाँ जीएमको नियुक्ति ढिलाई भएको हो । आफुले जे भन्यो त्यहि मान्ने व्यक्ति भएका हुनाले कि पर्वत कार्कीलाई नियुक्त गरौँ, होइन भने भ्याकेन्सी निकालेर खुला प्रतिस्पर्धा गरौँ भन्दै रेवत कार्कीले सम्बन्धित ठाउँमा अडान लिएपछि अहिले नेप्सेको जीएमको नियुक्ति रोकिएको छ । राम्रो बैंकिङ नलेज भएका पर्वत कार्की पूँजी बजारका बारेमा भने खास जानकार व्यक्ति होइनन् । साथै रेवत कार्कीकै आशीर्वादका भरमा नेप्सेको जीएम हुँदा उनले आफ्नो हिसाव ले केहि पनि गर्न नसक्ने र बजारका लागि खास कह्पानी फाइदा नहुने तर्क जानकारहरुको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्