- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आज बुधबार एनसीसी बैंकको ३० लाख कित्ता ऋणपत्रमा आवेदन दिने अन्तिम रहेको छ । आज कार्यालय समयसम्म बैंकको सो ऋणपत्रमा आवेदन दिन सकिनेछ । बैंकले गत शुक्रबारदेखि १८ लाख कित्ता व्यक्तिगत तवरबाट र ६० हजार कित्ता सामूहिक लगानी कोषलाई बिक्री गर्ने गरी सो ऋणपत्र बिक्रीमा ल्याएको थियो ।यस्तै ११ लाख ४० हजार कित्ताका सर्वसाधारणका लागि छुट्याइएको थियो ।
रेटिङ एजेन्सी इक्रा नेपालले बैंकको सो ऋणपत्रलाई न्यून कर्जा जोखिम जनाउने ‘इक्रा एनपी एल ट्रिपल बि’ रेटिङ दिएको छ भने बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ भने वार्षिक ९.५०% ब्याजदर पाइनेछ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको हो । न्यूनतम २५ इकाईदेखि अधिकतम ३ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । ऋणपत्रमा सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।