Skip to content
LAXMI SUNRISE BANK

नियम विपरित काम गर्ने श्री एयरलाइन्स उडान अनुमति पाउन शक्तिकेन्द्र धाउँदै ! प्राधिकरण स्रोत भन्छ, ‘तत्काल दिंदैनौं’

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – डलर अपचलनदेखि प्रक्रिया नै नपुर्याई पाइलटलाई तालिममा पठाएकोसम्मका श्री एयरलाइन्सबारे अर्थ सरोकार डटकमले निरन्तर समाचार प्रकाशन गरेपछि अहिले श्री एयरलाइन्सले उडान अनुमति पाउन सकेको छैन  । एयरलाइन्सका एक-एक कर्तुतहरु अर्थ सरोकार डटकमले प्राथमिकताका साथ प्रकाशित गरेपछि एयरलाइन्स विरुद्ध पर्यटन मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । 
यद्यपी अहिले एयरलाइन्सले अन्य कमजोर एयरलाइन्सहरुले समेत उडान अनुमति पाएको हौवा पिटाउने प्रयास गरेको छ । उसले केहि शक्तिकेन्द्रहरुलाई प्रयोग गरी आफ्नो एयरलाइन्सले अनुमति नपाएकोमा अरु एयरलाइन्सहरुकोसमेत बदनाम गर्ने काम गरिरहेको छ । स्रोतका अनुसार एयरलाइन्सले अहिले अन्य कम्पनीहरुलाई कम्जोरको संज्ञा दिंदै शक्तिकेन्द्र धाइरहेको छ । ‘विभिन्न शक्तिकेद्रलाई प्रयोग गर्दै कार्टेलिङको समूहको दवावमा प्रक्रिया रोकिएको आरोप लगाउँदै कम्पनीका संचालकहरु आफ्नो कर्तुत लुकाउन लागि परेका छन् । यसका लागि शक्तिकेन्द्र धाउनेदेखि आफ्नो पक्षमा मिडियाबाजी गर्नेसम्मको काम भएको छ ।’ स्रोतले भन्यो।
तीन महिनाको अवधिमा क्यानेडियन कम्पनी बम्बार्डियरले उत्पादन गरेका सिआरजे सिरिजका तीनवटा जेट इन्जिनयुक्त विमान भित्र्याएको उक्त एयरलाइन्सले नियम विपरित विभिन्न काम गरेको, डलर अपचलन गरेको लगायतका विषयहरुमा उजुरी परेकाले उक्त उजुरीउपर अनुसन्धान सकिएपछि मात्र उडान अनुमति दिने नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) स्रोतको भनाइ छ । ‘कम्पनीले विभिन्न गलत काम गरेको भन्ने उजुरी आएको छ । राष्ट्रियतामै असर गर्ने वा अपचलनका कुराहरुसमेत आएका छन् । त्यसैले सबै कुराको अनुसन्धान नगरी अहिले नै उडान अनुमति दिनु हुन्न भन्ने आन्तरिक निर्णय छ ।’ प्राधिकरण स्रोतले अर्थ सरोकार डटकमसँग भन्यो ।
यो पनि पढ्नुहोस् :
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK