
- अर्थ सरोकार सम्बाददाता
आजबाट अनिश्चितकालका लागि सेयर कारोबार बन्द भएको छ । सेयर ब्रोकरहरुले आजबाट अनिश्चितकालीन शेयर कारोबार बन्द गर्ने निर्णय गरेका हुन् ।
शेयर ब्रोकरको कमिसनमा भ्याट लगाउन आन्तरिक राजश्व विभागले पत्र काटेपछि त्यसको बिरोधमा ब्रोकरहरुले विहीबारको सेयर कारोबार बन्द गरेका छन्। ब्रोकर नम्बर ५३ इन्भेष्टमेन्ट म्यानेजमेन्ट र ५२ नम्बर ब्रोकर सुन्धारा सेक्युरिटीजलाई पुरानो सबै भ्याट तिर्न पत्र लेखेको हो। भ्याट दायित्व अनुसार ५२ नम्बर ब्रोकरलाई ६० लाख र ५३ नम्बर ब्रोकरलाई डेढ करोड रुपैयाँ भ्याट बुझाउन निर्देशन दिइएपछी ब्रोकरहरुले यस्तो आन्दोलन गरेका हुन् ।
आन्तरिक राजस्व कार्यालयले विभिन्न ब्रोकर कम्पनीलाई पुरानो भ्याट, जरिवाना र त्यसमा लाग्ने ब्याज भुक्तानी गर्न पत्र लेखेको छ। बाँकी ब्रोकरलाई फूल अडिटका लागि पत्र लेखेको छ । कार्यालयले सबै ब्रोकर कम्पनीहरुलाई भ्याटमा दर्ता हुनसमेत निर्देशन दिएको छ। यता कमिसनमा भ्याट लगाउन नहुने भन्दै धीतोपत्र वोर्डले पनि अर्थमन्त्रालयसँग लबिङ गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्