Skip to content
LAXMI SUNRISE BANK

ग्लोबल आइएमई क्यापिटलको चरम लापरवाही, १ महिना वितिसक्दापनि डीम्याटमा बोनस सेयर आएन !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – ग्लोबल आइएमई क्यापिटलको लापरवाहीका कारण १ महिना वितिसक्दापनि बोनस सेयर डीम्याट खातामा नआउँदा सेवाग्राही मर्कामा परेको खुलासा भएको छ । यम नाथ पौडेलले २०७४ साल जेठ ८ गते डिपोजिट गरेको भएपनि असा र८ गतेसम्मपनि उनको खातामा उक्त सेयर आइपुगिसकेको छैन । यसकारण सेवाग्राही मर्कामा परेका छन् । 
‘मैले यसबारेमा पटक-पटक ग्लोबल आइएमई क्यापिटलमा खबर गरें । त्यहाँका डेपुटी सीईओपनि मैले यसबारेमा सोधेको थिएँ । मैले सबै जानकारी गराएपछी आजै आउँछ, वा भोलि नै आउँछ भन्ने जवाफ आयो । तर त्यसो भनेकोपनि केहि दिन वितिसक्दापनि उक्त बोनस सियार डीम्याट खातामा आएन ।’ अर्थ सरोकार डटकमसँग यम नाथ पौडेलले भने । उनका अनुसार उनले यसबारे ग्लोबल आइएमई क्यापिटलका डेपुटी सीईओ रमीन्द्र रायमाझीलाई समेत भेटी जानकारी गराएका थिए ।डेपुटी सीईओ रायमाझीले आफ्ना स्टाफहरुबाट लापरवाही भएको स्वीकार्दै केहि दिनमै उक्त सेयर डीम्याट खातामा आउने आश्वासन दिएका थिए। 
यता अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै ग्लोबल आइएमई क्यापिटलका डेपुटी सीइओ रोमेन्द्र रायमाझीले उक्त बोनस सेयर डीम्याटमा आउन केहि ढिलो भएको स्वीकार गरे । ‘केहि ढिलो भएकै हो । उहाँ व्यक्तिगत रुपमै आएर मलाइ भेट्नुभएको थियो । त्यसपछि मैले के रहेछ भनेर बुझें र अगाडी बढाएँ ।’ उनले भने । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK