
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – यसैपनि तरलता अभावको समस्या समाधान नभएको अवस्थामा विभिन्न बैंकहरुबाट अरवौं रुपैयाँ बाहिरिने भएपछी उक्त रकम होल्ड गरेर बसेका विभिन्न बैंकहरु तनावमा परेका छन् । कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको रकम विभिन्न बैंकसँग छ । ठुलो रकम एउटै बैंकमा नराख्न नेपाल राष्ट्र बैंकको सर्कुलर आएपछि यी कोषको रकम अहिले विभिन्न ठुला बैंकहरुमा छ । यी बैंकहरुमा भएको उक्त रकमपनि बाहिरिने भएपछि अहिले बैंकहरु तनावमा परेका हुन् ।
नेपाल वायुसेवा निगमले यसअघि नै पोर्चुगिज हाई-फ्लाई र अमेरिकन कम्पनी एएआरसँग दुईवटा वाइडबडीको खरिद सम्झौता गरिसकेको छ । जसका लागि निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग १२/१२ अर्ब रुपैयाँ ऋण लिन लागेको हो । यो नेपालको उड्ययन इतिहासमा नै यति ठूलो रकम खर्चेर एकैपटक विमान खरिद गर्न लागिएको यो पहिलोपटक हो ।
सुरुवातमा निगमले अब दुबै कोषबाट ४ अर्ब देखि ४ अर्ब २५ करोड रुपैयाँसम्मको पहिलो भुक्तानी लिनेछ । निगमले पहिलो विमान सन् २०१८ को अपि्रलसम्म आइसक्ने गरी सम्झौता गरेको छ भने दोस्रो विमान सन् २०१८ को मेसम्ममा आइपुग्ने छ । दुबै विमान २ सय ९ दशमलव ६ मिलियन अमेरिकन डलर २१ अर्ब ९० करोड रूपैयाँमा खरिद गर्ने गरी सम्झौता भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्