Skip to content
LAXMI SUNRISE BANK

देश बोल्ने फोटो कथा : होलीमा खेलेर रमाउँदै साना बालबालिका, चिराइतो निर्यात गर्दै ताप्लेजुङका किसान

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले तनहुँको म्याग्दे गाउँपालिका–३, धयरेमा खेत हिल्याएर रोपाइँ गरिरहेका किसानदेखि पाशुपत क्षेत्र आसपासमा कलात्मक मूूर्ति बनाउँदै गरेका एक दम्पतीसम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१०, इनर्वाका बालबालिका होली खेल्दै । फागु पूर्णिमाका अवसरमा पहिलो दिन पहाड र दोस्रो दिन तराईमा होली पर्व मनाइन्छ ।
ताप्लेजुङका किसान चिराइतो भारत निर्यात गर्न गाडीमा लोड गर्दै । ताप्लेजुङको टिप्ताला नाका १६ महिनादेखि बन्द रहेको छ ।
तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माणाधीन रहेको मिनी ग्रेटवाल भ्रमण रोटरी क्लबका सदस्यहरु । चीनको ग्रेटवालको झल्को दिने गरी बन्दीपुर गाउँपालिकाले मिनी ग्रेटवाल निर्माण गरिरहेको छ । 
म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलस्थित कालीगण्डकी नदी किनारमा कटान रोकथामका लागि ढलान गरेर पक्की पर्खाल निर्माण गरिँदै । रुपाताल एकीकृत संरक्षण परियोजनाले बेनी बजार संरक्षण आयोजना सञ्चालन गरेको हो । 
पश्चिम जाजरकोटको छेडा–जुम्ला जोड्ने सडक खण्डको बीचमा रहेको मोर्कखोलामा निर्माण कार्य थालिएको नौ वर्षपछि पूर्ण पुलको काम शुरु गरिएको छ ।
फेवाताल घुम्न आएका पर्यटकहरु तालको किनारमा डुङ्गाको पर्खाइमा । 
फेवातालको बीचमा रहेको ताल बाराही मन्दिरमा पूजा गर्न लामबद्ध बसेका दर्शनार्थी । 
वालिङ नगरपालिका–२ धनुवाँसेस्थित वडा कार्यालयमा तीन महिने सिलाई कटाई तालिममा कपडा सिलाउँदै महिला । तालिममा सहभागी महिलाले सिलाएका कपडा अवलोकन गर्दै वालिङ नगर उपप्रमुख कल्पना तिवारी ।
मध्यपुर थिमि–४ बालकुमारीमा बाक्लो ढुङ्गा छपाई गर्दै मजदुर । करिब रु दुुई करोडको लागतमा बालकुमारी मन्दिर परिसरदेखि मरुटोल, लायकू, दुुईपोखरी, दिगुटोल, हात्तिमहाकाल, चपाचो हुँदै बाहाखासम्म ७०० मिटर पक्की सडक उप्काएर बाक्लो ढुुङ्गा बिछ्याउने कार्यका लागि हात्तिमहाकालदेखि बाहाखासम्म एउटा उपभोक्ता समिति र बालकुमारीदेखि हात्तिमहाकालसम्म अर्को उपभोक्ता समितिमार्फत काम भइरहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK