
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । पछिल्लो समय ब्रोकर कम्पनीहरुले लगानीकर्ताको रकम भुक्तानी गर्न निकै ढिलासुस्ती गरेको पाइएको छ । केहि समय अघि मात्रै नेपाल धितोपत्र बोर्डले सेयर बजारमा ‘टि प्लस टु’ लागु गरेको थियो । सिडिएस एन्ड क्लियरिङले धितोपत्र कारोबारलाई थप व्यवस्थित र थप सहज बनाउने लक्ष्यका साथ सेयर खरीद वा बिक्री गरेको दुई कार्य दिनमा नै राफसाफ हुने व्यवस्था बोर्डले गरेको थियो । तर सो व्यवस्था भने लागु भएको देखिएको छैन । संचालनमा रहेका अधिकाशं ब्रोकर कम्पनीले भुक्तानीको मामिलामा आलटाल गर्ने गरेका छन् ।
ब्रोकर नम्बर ३७ अर्थात स्वर्ण लक्ष्मी सेक्युरिटिजविरुद्ध उजुरीसमेत परेको छ । सो कम्पनीले लगानीकर्तालाई रकम दिन एक महिनासम्म ढिलाइ गरेको भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरमा उजुरी परेको छ । सो कम्पनीले आफुलाई भुक्तानीमा ढिलाई गरेको भन्दै हेटौंडाका रमेश पण्डितले क्षतिपूर्तिकोसमेत माग गरेका छन् । उनले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा आवश्यक कारबाहीको माग गर्दै उजुरी दर्ता गराएका हुन् । पण्डितले आफुले कारोबार गरेको रकमका लागि कम्पनीमा जाँदा उल्टै आफुलाइ सो कम्पनीले धम्क्याउने गरेको पनि बताएका छन् ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्