×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमई बैंकको ३० लाख कित्ता ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन, यी ठाउँहरुबाट आवेदन दिन सकिने

PRIME CA
GLOBAL IME BANK

ग्लोबल आइएमई बैंकको ३० लाख कित्ता ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन, यी ठाउँहरुबाट आवेदन दिन सकिने

१६ चैत्र २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । ग्लोबल आइएमई बैंकको ३० लाख कित्ता ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकको सो ऋणपत्रमा कार्यालय समयसम्म मात्र आवेदन दिन पाइनेछ । चैत १ गतेदेखि बिक्रीमा ल्याएको ३० लाख कित्ता ऋणपत्रमध्ये १८ लाख इकाई ऋणपत्र बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । बाँकी १२ लाख इकाई सर्वसाधारणका लागि खुला भएको हो । यस्तै सामूहिक लगानी कोषलाई ५% अर्थात् ६० हजार इकाई छुट्याएको छ । 
सर्वसाधारणले बाँकी ११ लाख ४० हजार इकाईका लागि आवेदन दिन सक्नेछन् । यस ऋणपत्रमा वार्षिक ८.५०% ब्याजदर पाइनेछ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गरेको हो । यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । बिक्री प्रबन्धकको काम सेञ्चुरी क्यापिटलले गरेको छ । यसमा सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: